शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी मनाइयो काठमाडौंमा पाकिस्तानी राष्ट्रिय दिवस

शुक्रबार, ०९ चैत २०७४, १८ : ११
शुक्रबार, ०९ चैत २०७४

काठमाडौं– पाकिस्तानको ७८ औं राष्ट्रिय दिवस काठमाडौंमा पनि मनाइएको छ । राष्ट्रिय दिवसको अवसरमा काठमाण्डौंस्थित पाकिस्तानी दुतावासमा झण्डोत्तर कार्यक्रम सम्पन्न भएको हो ।  कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदुत डा.मज्जहर जाबेदले झण्डोत्तर गरेको थिए । सो अवसरमा इस्लामिक गणतन्त्र पाकिस्तानका राष्ट्रपति ममनुन हुसेन र प्रधानमन्त्री शाहिद खाका अब्बासीका विशेष सन्देशहरु पढिएका थिए । कार्यक्रममा दुतावासका अधिकारीहरु, काठमाण्डौमा रहेका पाकिस्तानी समुदाय र मिडियाका प्रतिनिधिहरु सहभागी भएका थिए ।

दुतवासले साँझ होटल हायत रिजेन्सीमा पाकिस्तान दिवस विशेष कार्यक्रमको आयोजना गर्दैछ । कार्यक्रम सम्मानीय उप–राष्ट्रपति नन्दबहादुर पुन प्रमुख अथितिको रुपमा आमन्त्रित छन् । कार्यक्रमा कुटनीतिज्ञ, नेपाली विशिष्ट महानुभाव, उच्च सरकारी अधिकारीहरु, राजनीतिज्ञ, पाकिस्तानी समुदायका सदस्यहरु, प्राज्ञ, व्यापारी, व्याङ्कर, शिर्ष मिडिया सदस्य र नागरिक समाजको सदस्यहरु थिए । यस अतिरिक्त पाकिस्तानी दुताबासले सांगितीक कार्यक्रम आयोजना गर्नेछ । कार्यक्रममा पाकिस्तानी गायक सारा राजा खानले गाउने छिन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप