मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

शुक्रबार एकैदिन नेप्सेमा १ करोड ४४ लाख सेयर सुचिकृत, कसको कति ?

शुक्रबार, ०९ चैत २०७४, १८ : ०२
शुक्रबार, ०९ चैत २०७४

काठमाडौं– नेपाल स्टक एक्सचेन्जमा शुक्रबार ५ कम्पनीको झण्डै साढे १ करोड ४४ लाख ३० हजार ५ सय ६९ कित्ता सेयर सुचिकृत भएको छ । जनता बैंकको मात्र १ करोड ७० हजार ९ सय १९ कित्ता बोनस सेयर सुचिकृत भएको हो । 

यस्तै प्रिमियर इन्सुरेन्सको ६ लाख ५९ हजार ५ सय ६५ कित्ता एफपिओ (थप सार्वजनिक निष्काशन) सुचिकृत भएको छ । प्रिमियरको एफपिओ गत माघ १८ गते बाँडफाँट गरिएको थियो । नेपाल फाइनान्स लिमिटेडको २ लाख ४४ हजार २ सय १९ कित्ता बोनस सेयर  र आरएसडिसी लघुवित्त वित्तिय संस्थाको १ लाख ४९ हजार ५ सय कित्ता बोनस सेयर सुचिकृत भएको छ ।  

यता ग्रामिण विकास बैंकको पनि ३३ लाख ६ हजार ३ सय ६५ कित्ता बोनस सेयर  सुचिकृत भएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप