शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंमा एक्कासि भूकम्प गैहाले, अब पार्टी प्यालेस हुनेभो सबैको आश्रयस्थल

शुक्रबार, ०९ चैत २०७४, १७ : ३८
शुक्रबार, ०९ चैत २०७४

काठमाडौं– काठमाडौंका पार्टी प्यालेसहरु अब भूकम्पपछिका आपतकालीन आश्रयस्थल पनि हुने भएका छन् । शुक्रबार नेपाल चेम्बर अफ कमर्शको अगुवाईमा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएसँगै पार्टी प्यालेसहरु आपतकालीन आश्रयस्थल बन्ने बाटो खुलेको हो । सम्झौतापत्रमा नेपाल चेम्बर अफ कमर्स, इभेन्ट एण्ड भेन्यु एसोसिएसन अफ नेपाल र नेपाल इमर्जेन्सी सेल्टर एण्ड डिजास्टर प्रिभेन्सन एजुकेशन एड जापानबीच हस्ताक्षर भएको हो । 

समझदारीपत्रमा चेम्बरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कैलाशकुमार बजिमय, इभेन्ट एण्ड भेन्यु एसोसिएसन अफ नेपालकातर्फबाट उपाध्यक्ष शिवभक्त रञ्जित र नेपाल इमर्जेन्सी सेल्टर एण्ड डिजास्टर प्रिभेन्सन एजुकेशन एड जापानकातर्फबाट प्रमुख निर्देशक मोरिटा ताकेमित्सुले हस्ताक्षर गरेका छन् । समझदारीपत्रमा आपतकालिन आश्रयस्थलको निर्माण, भूकम्पीय जोखिमबाट बच्ने उपायको लागि शैक्षिक सहयोग गर्ने उल्लेख छ । 

समझदारीपत्र हस्ताक्षर कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले रोग लागेपछि उपचार गर्नुभन्दा रोगनै लाग्न नदिनु जाति भन्ने नेपाली उखान जस्तै भूकम्प अगाडि नै सुरक्षित आपतकालिन आश्रयस्थल निर्माण जोड दिए । नेपाल विश्वमै ११ औ भूकम्पीय जोखिमको ठाउँं भएको उल्लेख गर्दै उनले सुरक्षित आपतकालिन आश्रयस्थलको विकास अहिले नै हुनुपर्नेमा जोड दिए । चेम्वरकोतर्फबाट  आफूले यसको लागि विशेष पहल गरिरहेको जानकारी पनि उनले दिए । 

इभेन्ट एण्ड भेन्यु एसोसिएसन अफ नेपालका अध्यक्ष शिवभक्त रञ्जितले भूकम्पीय जोखियुक्त काठमाडौंमा आपतकालिन आश्रयस्थलका लागि पार्टी प्यालेसहरुलाई प्रयोग गर्ने बताए । यसको लागि ती ठाउँंहरुमा आवश्यक भौतिक पूर्वाधार बनाउने काम समझदारीपत्रपछि हुने उनले बताए । कार्यक्रममा जनाइए अनुसार काठमाडौंमा एकसय ३० वटा पार्टी प्यालेसहरु छन् । पछिल्लो महाभूकम्पका बेला पनि ती पार्टी प्यालेसहरु पीडितका आश्रयस्थल बनेको थियो । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप