शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बङ्लादेशी विमान दुर्घटनामा मृत क्याप्टेन अविदकी श्रीमतीको निधन

शुक्रबार, ०९ चैत २०७४, १७ : २७
शुक्रबार, ०९ चैत २०७४

यु.एस.–बङ्लाको विमान दुर्घटनामा ज्यान गुमाएका क्याप्टेन अविद सुल्तानकी श्रीमतीको निधन भएको छ । उनको ढाका स्थीत अस्पतालमा आज विहान मृत्यु भएको छ ।

अफशनालाई आइतबार मस्तिष्कघात भएको थियो । उनलाई उपचारको लागि ढाकाको अगरगाँउ स्थित नेशनल इन्स्टिट्युट अफ न्युरोसाइन्स एण्ड हिस्पिटलमा लगिएको थियो । उनी हस्पिटलमा ‘लाइफ सपोर्ट’मा थिइन् ।

हस्पिटलका डाक्टरका अनुसार विहान ९ः३० मा उनको निधन भएको थियो ।

उनको जनाजा (मुस्लिम धर्मावलम्बीहरुको मलामी) आज शुक्रबारको प्रर्थनापछि गउसुल अजाम मस्जीदमा आयोजना गरिने अविदका भाई महमुदले भने ।

जनाजा पछि उनलाई उनको ढाकाको बनानी सैन्य मसानघाटमा रहेको उनको श्रीमान गाडिएकै नजिक गाडिनेछ ।

क्याप्टेन अविद सुल्तानले चलाएको यु.एस.–बङ्ला विमान काठमाण्डौंस्थीत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएपछि मृत्यु भएको थियो । विमान मार्च १२ मा ३२ बङ्लादेशी, ३३ नेपाली र एक एक चिनिया र माल्दीभ्सका नागरिक बोकेर ढाकाबाट उढेको थियो ।

अवतरणको क्रममा विमानस्थलको धावनमार्गभन्दा बाहिर मैदान जोतिएर आगो लागि भएर भएको दुर्घटनामा २६ बङ्लादेशी, २२ नेपाली र एक चिनिया यात्रुको मृत्यु भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप