शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रामेछापमा ग्लोबल आइएमई बैंकको वित्तीय साक्षरता

शुक्रबार, ०९ चैत २०७४, १६ : २१
शुक्रबार, ०९ चैत २०७४

रामेछाप– रामेछापको मन्थलीमा ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । मन्थलीको सहिद स्मृति बहुमूखी क्याम्पसमा भएको उक्त कार्यक्रममा  बैंकका‘तालिम तथा बैंकिङ्ग बिज्ञ’ पुर्णमान नापितले स्थानीय विद्यार्थी, व्यापारी, सरकारी तथा गैह्र सरकारी कर्मचारी, आमा समूह तथा अन्य सर्वसाधारणलाई बैंक तथा वित्तीय क्षेत्रका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा १५० जना भन्दा बढीको उपस्थिति थियो । सहभागीहरुले ग्लोबल आइएमईले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेर बैंक तथा वित्तीय संस्थाको आवश्यकता र औचित्यको बारेमा जानकारी प्रदान गरेकोमा बैंकप्रति आभार व्यक्त गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप