विद्यासुन्दर शाक्यले सुरु गरे स्थलगत अनुगमन
काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वडाका सार्वजनिक जग्गाको अवस्था बुझ्न स्थलगत अनुगमन थालेका छन् । व्यक्ति वा सीमित समूहले कब्जा गरेको सार्वजनिक सम्पत्तिलाई सामूहिक प्रयोगमा ल्याउन प्रमुख शाक्य आज कामपा वडा नं ११ धोबीखोला पश्चिम वसन्तनगर पुगे ।
प्रमुख शाक्य र उपप्रमुख हरिप्रभा खड्गीसहितको टोलीले सार्वजनिक जग्गाको अवस्था बुझ्न त्यस स्थानमा पुगेका हुन् । अनुगमनको क्रममा कामपाको उक्त स्थानमा आठ रोपनी सार्वजनिक जग्गा रहेको ठहर गरिएको छ ।
संरक्षित जग्गामा बाल उद्यान, जेष्ठ नागरिकको आरामस्थल, बिहान बेलुका हावा खाने ठाउँका रुपमा विकास गर्ने र सार्वजनिक जग्गा सबैको साझा रहनुपर्ने भन्दै जसरी पनि नागरिकको उपयोगमा रुपान्तरण गर्ने प्रमुख शाक्यले ठोकुवा गरे ।
संरक्षित जग्गा अहिलेसम्म नागरिकको प्रयोगमा रुपान्तरण भएको छैन । अवस्था बुझेर सुधारको बाटो पत्ता लगाउन अघि बढिरहेको छौँ, कार्यकाल शुरु भएदेखि अहिलेसम्म धेरै कुरा थाहा पाइयो, अब भटाभट काम गर्छौ उपप्रमुख खड्गीले भने ।
वडा नं ११ का वडाध्यक्ष एवं महानगरको विधायन समितिका संयोजक हीरालाल तण्डुकारले, आफ्नो वडाका विभिन्न ठाउँमा आठ रोपनी क्षेत्रफल भएको सार्वजनिक जग्गा संरक्षण थालनी गरिएको जानकारी दिए । उक्त जग्गा आज नै नापी कार्यालयका अधिकारीको सहयोगमा जग्गा नापजाँच भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह
-
सरकारले सहकारी ठगीमा संलग्नलाई संरक्षण गर्न थाल्यो : नैनसिंह महर
-
कलंकीबाट हराएकी स्नेहा पशुपति मन्दिर परिसरमा फेला
-
सरकार गठनको आह्वान कुन धाराअनुसार गर्ने भन्नेमै अलमल
-
‘न्यायालय पुनर्संरचना नै अबको एक मात्र एजेन्डा’
-
महान्यायाधिवक्ताको कार्यालयले लामिछानेलाई दिएको ‘क्लिन चिट’मा के छ ? (पत्रसहित)