बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘विकासको समाजवादी मोडल’ निर्माण गरिन्छ : प्रचण्ड

शुक्रबार, ०९ चैत २०७४, १५ : ४७
शुक्रबार, ०९ चैत २०७४

काठमाडौं–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘विकासको समाजवादी मोडल’ निर्माण गर्ने घोषणा गरेका छन् ।

शुक्रबार संघीय समाजवादी फोरम, नेपालका सचिव अजम्बर काङमाङ राई र नयाँ शक्ति पार्टी, नेपालका केही कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले संवैधानिक व्यवस्था अनुसार विकासको समाजवादी मोडल निर्माण गर्न आफूहरु केन्द्रित भएको स्पष्ट पारेका हुन् ।

‘सामाजिक न्यायसहितको अर्थतन्त्र निर्माण गर्दै विकासको समाजवादी मोडल निर्माण गर्ने योजना छ मुलुकमा आत्मनिर्भर अर्थतन्त्रको निर्माण गरेर मात्रै विकासको समाजवादी मोडल निर्माण गर्न सकिन्छ ’अध्यक्ष प्रचण्डको भनाई छ । 

प्रचण्डले संविधान संशोधनकै माध्यामबाट नागरिकका अधिकारलाई सुनिश्चित गर्ने आधार तय भईसकेको पनि स्मरण गराए ।

अध्यक्ष प्रचण्डले एमालेसँगको पार्टी एकतालाई टुंगोमा पु¥याउँनुअघि २ पार्टीले आ–आफ्नो संगठनलाई अन्तिम रुप दिने जानकारी पनि दिए ।

उनले २ पार्टीबीचको एकताका लागि गठित कार्यदलले आईतबारसम्म आफ्नो प्रतिवेदन पार्टी एकता संयोजन समितिमा पेश गर्ने पनि बताए ।

अध्यक्ष प्रचण्डले पार्टी एकताका लागि पनि दुवै दलले आफ्नो संगठनलाई अन्तिम रुप दिनुपर्ने अवस्था आएको पनि उल्लेख गरे ।

अध्यक्ष प्रचण्डले एमालेसँगको पार्टी एकता मुलुकको आवश्यक्ताले तय गरेको दावी पनि कगरे ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप