बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लहानमा बम बिस्फोट, एक बालकसहित ८ जना घाईते

शुक्रबार, ०९ चैत २०७४, १५ : ४६
शुक्रबार, ०९ चैत २०७४

–रामभरोसी यादव
सिरहा–अज्ञात समुहले सिरहाको लहान नगरपालिका ६ स्थित दुर्गा मन्दिर छेउमा आज अपरान्ह बम बिस्फोट हुँदा आधा दर्जन व्यक्ति घाईते भएका छन् । लहान बजारको मुख्य भागमा रहेको सुनचाँदी पसलहरु भएको स्थानमा अपरान्ह प्रेसर कुमार बम बिस्फोट हुँदा विकास ट्रेडर्सका सञ्चालक विकास सारडा, उनका भाई रोशन सारडा, पसलमै काम गर्ने अस्मिता चौधरी घाइते भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

पसलमा सुन चाँदी किन्न आएका ग्राहक नवराजपुर ३ की २२ वर्षीया देवकुमारी यादव, उनकै छोरा ७ वर्षीया सतिशकुमार यादव, सप्तरी सुरुङ्गा नगरपालिकाका मनिका कुमारी राम घाइते भएकी छन् । त्यसैगरी लहान २१ की बविताकुमारी यादव र विनिताकुमारी यादव घाइते भएकी छिन् । उनीहरु दुवैजना दिदी बहिनी हुन् ।

घाईते सबैको स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । घाइते सबै खतरामुक्त रहेको पनि प्रहरीले जनाएको छ । बम बिस्फोट कसले र किन गराएको भन्ने केही खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरिक्षक गणेशचन्द ठकुरीले जानकारी दिए ।

यसअघि गत फागुनमा पनि लहानको छुटाछुटै २ स्थानमा अज्ञात समुहले बम बिस्फोट गराएको थियो । पटक–पटकको बम विस्फोटनले लहानमा बासिन्दा त्रसित बनेका छन् । लहानमा एक वर्षको अवधिमा यो सहित चारपटक बम विष्फोट भइसकेको छ ।


    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप