शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भृकुटीमण्डपमा सुरु भयो खाद्य मेला, २१ तस्बिरमा हेर्नुहोस्

शुक्रबार, ०९ चैत २०७४, १५ : ०५
शुक्रबार, ०९ चैत २०७४

काठमाडौं– राजधानीस्थित भृकुटीमण्डपमा शुक्रबारदेखि तेस्रो खाद्य मेला सुरु भएको छ । 

स्थानीय र अल्प प्रचलनमा रहेका पोषिला परिकारहरुको प्रचार प्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघको संयुक्त आयोजनामा मेला सञ्चालन भएको हो । मेला आइतबारसम्म चल्ने बताइएको छ । 

मेलामा थारु, नेवार, राई लगायत विभिन्न जाति जनजातिका लोकप्रिय पौष्टिक परिकारको प्रदर्शनी तथा  बिक्रीका लागि राखिएका छन् । 

आयोजकका अनुसार मेलामा विभिन्न जाति, जनजातिका परम्परागत परिकारसहितका १४ स्टल, विभिन्न संघसंस्थाका जानकारीमूलक २४ स्टल र विभिन्न उद्योगहरुबाट उत्पादित खाद्य वस्तु बिक्री विवतरण गर्ने गरी ४० वटा गरि ७८ स्टल सहभागि छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप