शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अन्ततः अनुसन्धानकर्ताले पत्ता लगाए ‘एलियन’ अस्थीपञ्जरको रहस्य

शुक्रबार, ०९ चैत २०७४, १४ : ०१
शुक्रबार, ०९ चैत २०७४

१५ वर्ष अगाडी चिल्लीको ‘अटाकामा’ मरुभूमीमा पाइएको रहस्यमयी अस्थीपञ्जर तपाईँ हामीले देख्ने मानिस जस्तो देखिँदैन । खासमा यसलाई हेर्ने धेरैले ‘एलियन’ को अस्थीपञ्जर मान्दै आएका थिए । 

यो रहस्यात्मक अस्थीपञ्जरमा अनौंठो विशेषताहरु रहेका छन् । यसको उचाई ६ इन्च मात्र रहेको छ । प्रारम्भिक अनुमानले यो अस्थीपञ्जर ६ देखि ८ वर्ष उमेरको बच्चाको भएको मानिएको थियो । 

लाम्चो र कोणात्मक खप्पर, केही टेढो आँखाको खाल्टो र सामान्यभन्दा थोरै सङ्ख्यामा रहेको औंलाको सङ्ख्याले यसको रहस्यमा थप गहिरो बनाएको थियो ।

यसका सम्बन्धमा रहेका कयौं अनुत्तरित प्रश्नहरुले गर्दा केहीले यसलाई पहिले पत्ता नलागेको बाँदरको एक प्रजाती वा वाह्य ग्रहको जीव हो कि भन्ने सबाल उठाएका थिए ।

‘अटा’ नाम दिइएको यस अस्थिपञ्जरबारेमा टीभी शोहरु र एक वृत्तचित्र बनेको छ । ‘सिरियस’ नामक वृत्तचित्रमा वाह्य ग्रहका बस्तुका एक खोजकर्ताले ‘अटा’को उद्भव पत्ता लगाउने प्रयास गरेका छन् ।

अहिले पाँच वर्ष जिनोम विश्लेषणको आधारमा अध्ययन गरेका अनुसन्धानदाताहरुले यसको यथार्थ पत्ता लगाएका छन् । अनुसन्धानले ‘अटा’ मानवकै अस्थीपञ्जर भनेर पत्ता लगाएको छ,  जुन जिनमै हड्डीको बहु विकार भएको मानिसको  हो । बिहिबार ‘जिनोम रिसर्च’ जर्नलमा प्रकाशित लेखका लेखकहरुले यस अनुसन्धानले जिनमा आएको गडबढीको उपाचारमा सहयोग पुग्ने विश्वास गरेका छन् ।
 

‘अटा’को परिचय
सन् २००३ मा अटालाई चिल्लिको अटाकामा मरुभूमी माझ रहेको खानी शहर ‘ला नोरिया’मा भेटिएको थियो । यसलाई शुरुमा प्राचिन अस्थीपञ्जर मानिएको थियो । तर सन् २०१२ मा गरिएको विश्लेषणमा अस्थिपञ्जर ४० वर्षमा मात्र पुरानो रहेको पत्ता लाग्यो । यसको मतलब यसको डी.एन.ए. अझै क्रियाशील रहेको थियो र अध्ययनको लागि यसलाई प्रयोग गर्न सकिन्थ्यो । 

डी.एन.ए. अध्ययनले मात्र यसको सही अवस्था बताउन सक्थ्यो । यसको ‘बोन म्यारो’बाट संकलन गरिएको नमुनालाई यसको सम्पूर्ण जीनोमको श्रृङ्खला अध्ययन गर्नका लागि प्रयोग गरियो । 

यसलाई मानव र बादर प्रजातीका अरु जीवसँग पनि तुलना गरियो । अध्ययनले यो चिल्ली वंशजको स्त्री लिङ्गी मानव भएको पत्ता लगायो । प्रारम्भीक अनुमानले यसलाई ६ र ८ वर्ष बीचको मानव मानिएको भए पनि अध्ययनले यसलाई भु्रण हुन सक्ने देखायो । सो भु्रणलाई बास्तविक उमेर भन्दा छिट्टै बुढो देखिने हड्डीसम्बन्धी विरलै लाग्ने रोग लागेका अस्थीपञ्जर बढी उमेरको देखिएको पाइयो ।

शुरुमा यसको ८% डी.एन.ए. मानव डी.एन.ए.सँग मिलेन । अनुसन्धानकर्ताहरुले यो नमुनामा भएको मिसावटका कारण भएको निष्कर्ष निकाले । सुधारिएको विश्लेषणले यसको ९८% डी.एन.ए. मानव डी.एन.ए.सँग मिल्यो । अस्थीपञ्जरले गुजारेको विषम अवस्था र यसको आयुका कारणले शुरुमा डी.एन.ए. नमिलेको अनुसन्धानदाताले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप