मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा भन्दा चीनमा बढी कमायो आमिरको दंगलले, यस्तो रह्यो आम्दानी

शुक्रबार, ०९ चैत २०७४, १३ : ५९
शुक्रबार, ०९ चैत २०७४

मुम्बई । बलिउडका मिस्टर पर्फेक्सनिस्ट आमिर खानको चलचित्रले ४ सयदेखि ५ सय करोड भारतीय रुपैयाँसम्मको व्यापार गर्नु अहिले सामान्य जस्तै बनेको छ ।

छानिएका चलचित्रमा मिहिनेतका साथ काम गर्ने आमिरको चलचित्रले भारतमा नभएर विदेशमा पनि धुम मच्चाउने गरेको छ, चाहे त्यो थ्री इडियट्स हो् या धुम–३, दंगल वा सीक्रेट सुपरस्टार ।

आमिरको चलचित्रको कमाईको मामिलामा एक अर्काको रेकर्ड तोड्ने गरेका छन् । यदी दंगलको कमाईको कुरा गर्ने हो भने यो चलचित्रले भारतमा भन्दा चीनमा बढी कमाई गरेको छ । चिनियाँ दर्शकलाई

आमिरको दंगल यति मनपर्यो, अहिले यो चीनमा सबैभन्दा धेरै आम्दानी गर्ने भारतीय चलचित्र बनेको छ ।

सन् २०१६ मा रिलिज भएको यो चलचित्रले चीनमा कमाईको कयौँ रेकर्ड तोड्न सफल भएको छ ।

१३२ करोड लागतमा निर्माण
नितिश तिवारीको निर्देशनमा बनेको दंगल २३ डिसेम्बर २०१६ मा भारतमा रिलिज गरिएको थियो । चलचित्र १३२ करोड भारतीय रुपैयाँको लागतमा बनेको थियो । 

चलचित्र एकैपटक ८५ सय पर्दामा रिलिज भएको थियो । चलचित्रले सबैभन्दा लामो र धेरै व्यापार गर्ने रेकर्ड बनाइसकेको छ । अमिरको दंगल भारतमा सबैभन्दा धेरै कमाई गर्ने चलचित्र हो ।

यति मात्र होइन, आमिर खान बलिउडका एक मात्र अभिनेता हुन् जसको तीन चलचित्रले बक्स अफिसको शीर्ष तीन स्थान ओगेटेको छ । दंगलपछि दोस्रोमा सीक्रेट सुपरस्टार र तेस्रोमा पिके रहेको छ ।

चीनमा पनि सुपरहिट
आमिरको चलचित्र सन् २०१७ को मे ५ मा चीनमा रिलिज गरिएको थियो । कम समयमा सबैभन्दा धेरे कमाई गर्ने यो चलचित्रले भारतमा ५ सय २ करोड कमाई गरिसकेको छ । विश्वव्यापी रुपमा चलचित्रले २ हजार करोड भारु कमाई गरिसकेको छ ।

चीनको बक्स अफिसमा सबैभन्दा लामो चल्ने चलचित्र पनि दंगल बनेको छ । चीनमा दंगलले १२ सय ५५ करोड भारु कमाई सकेको छ भने कमाई अझै जारी छ ।

चीनमा सबैभन्दा धेरै कमाई गर्ने पाँचौ अँग्रेजी भाषा बाहेको चलचित्र बनेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप