बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

दाइलाई ‘क्यास ब्याक’, भाइलाई नयाँ यामाहा बाइक

शुक्रबार, ०९ चैत २०७४, १३ : ५०
शुक्रबार, ०९ चैत २०७४

काठमाडौं– जलेश्वरका रतिशकुमार झा बिहीबार अलि व्यस्त थिए । बीएसएम गरेर उनका भाइ सतिशकुमार भारतको कलकत्ताबाट फर्कंदै थिए । काठमाडौंमै बसोबास गर्नेगरी फर्किरहेका भाईका लागि एउटा मोटरसाइकल किन्ने घर सल्लाह थियो । त्यसैअनुसार उनी कान्तिपथस्थित यामाहाको सोरुममा दिउँसो पुगे, भाइलाई ‘सप्र्राइज गिफ्ट’ दिन । 

‘भाइ घर पुग्नुअघि नै उसको लागि मोटरसाइकल किनेर ल्याउने योजना थियो,’ रतिशकुमारले भने, ‘अहिलेका युवाले रुचाउने यामाहाको एफजीएस एफआई भाइका लागि किन्न म यामाहा सोरुम आएको थिएँं । तर भाइलाई सप्र्राइज दिन आएको म आफैं सप्र्राइज भएँ ।’ यामाहाको नयाँ वर्ष योजनाअन्तर्गतको स्क्र्याचबुक कोर्दा उनले ५० प्रतिशत क्यास ब्याक पाएर उनी ‘सप्र्राइज्ड’ भएका हुन् । 

पहिलो स्क्र्याच कोर्दा पाँच हजार परेको थियो उनलाई । ‘मैले त पाँच हजारमै चित्त बुझाइसकेको थिएँ,’ रतिशकुमारले भने । दोस्रो, तेस्रो र चौथो स्क्र्याचमा उनलाई क्रमशः एयरफिल्टर, कप र पफ्र्युम प¥यो । तर अन्तिम स्क्र्याच कोर्दा उनी खुसीले उफ्रिए । त्यसमा ‘५० प्रतिशत क्यास ब्याक’ लेखिएको थियो । 

‘केही पैसा आफ्नो, केही पैसा सापटी लिएर दुई लाख ६५ हजार रुपैयाँ पु¥याएर आएको थिएँ,’ उनले भने, ‘अन्तिम स्क्र्याच कोरेपछि त मैले आधा पैसा फिर्ता पाउने भएछु । मलाई त सपना हो कि विपना हो भइरहेको थियो’ उनले भने, ‘पैसै फिर्ता पाएपछि बल्ल विश्वास भयो र घर परिवार र भाइलाई खबर गरेँ । मेरो भाइ त डब्बल खुसी भयो । बाइक गिफ्ट, त्यो पनि आधा मूल्यमा ! ’

यामाहाले चैतको पहिलो दिननै आफ्ना ग्राहकका लागि नयाँ वर्षको स्किम ल्याएको थियो । ‘आमन्त्रण’ नाम रहेको यो योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले एउटा स्क्र्याच बुक पाउनेछन् जसमा पाँच हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म ‘स्योर सट डिस्काउन्ट’ र १०० प्रतिशतसम्म ‘क्यास ब्याक’ पाउनेछन् ।

यो योजनामा अझ धेरै उपहार र फुल क्यास ब्याक भएको यामाहाका मार्केटिङ हेड प्रदिप पोखरेलले बताए । उनका अनुसार स्क्र्याच बुकमा पाँच वटा पाना हुनेछन् जसमा ग्राहकले पाँच हजारदेखि ५० हजारसम्मको ‘स्योर सट डिस्काउन्ट’, बच्चा र आफूले माया गर्नेका लागि उपहार र सर्भिस डिपार्टमेन्टको तर्फबाट उपहार र शत प्रतिशतसम्म ‘क्यास ब्याक’ पाउनेछन्  । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप