शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जसका लागि सलमानको बहिनीलाई सम्बन्धविच्छेद गरे, अहिले उसैसँग ब्रेकअप

शुक्रबार, ०९ चैत २०७४, १३ : ४२
शुक्रबार, ०९ चैत २०७४

मुम्बई । अभिनेता पुलकित सम्राटले जुन नायिकाका लागि सलमान खानले बहिनी बनाएकी श्वेता रोहिरासँग सम्बन्ध विच्छेद गरेका थिए, अहिले उनै नायिकाबाट पनि पुलकित अलग भएका छन् ।

हामी कुरा गर्दैछौँ, यामी गौतमको । मिडिया रिपोर्टका अनुसार पुलकितले यामीका लागि नै श्वेतासँग सम्बन्धविच्छेद गरेका थिए ।

तर, अहिले लामो समयदेखि डेट गरिरहेका यामी र पुलकितबीच ब्रेकअपको खबर आएको छ ।

पुलकितले हालै दिएको एक अन्तर्वार्तामा उनी ‘सिङ्गल’ भएको बताएका थिए ।

यतिमात्र होइन, दुवैले एक अर्कालाई सामाजिक सञ्जालमा अनफलो गरिसकेका छन् ।

पुलकित र यामी किन अलग भए भन्ने कारण अहिले बाहिर आएको छैन । 

केही रिपोर्टका अनुसार यामीको परिवारले पुलकित मन पराउँदैन थिए । विवाहित पुरुषलाई डेट गरिरहेकोप्रति उनीहरुको आपत्ति थियो ।

उनीहरुले नै यामीले पुलकितसँग टाढा रहन सल्लाह दिएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप