बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सिजी फुड्स र ग्लोकल प्रालिबीच ग्लोकल टिन हिरोको सम्झौता जारी राख्ने निर्णय

शुक्रबार, ०९ चैत २०७४, १३ : २१
शुक्रबार, ०९ चैत २०७४

काठमाडौ, ८ चैत्र २०७४ स् काठमाडौँमा सम्पन्न भएको सम्झौता कार्यक्रममा सिजी फुड्स र ग्लोकल प्रा. ली. ले ग्लोकल टिन हिरो लाई पुनः वाईवाई ग्लोकल टिन हिरोको रुपमा अघि बढाउने सम्झौता भयो । 
काठमाडौं– सिजी फुड्स र ग्लोकल प्रालिले ग्लोकल टिन हिरोलाई पुन वाईवाई ग्लोकन टिन हिरोका रुपमा अघि बढाउने निर्णय गरेका छन् ।

ती दुई कम्पनीबीच भर्खरै भएको सम्झौतामार्फत उक्त निर्णय गरिएको हो । वाई वाई ग्लोकल टिन हिरो ग्लोकल खबरले सुरुवात गरेको एक कार्यक्रम हो ।  किशोर– किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउन उक्त कार्यक्रम गर्न लागिएको जनाइएको छ ।

यस मन्चमार्फत किशोर–किशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको  चाहनाको पहिचान गरी राष्ट्को अन्य किशो–किशोरीहरुलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्ने कार्यक्रमको आयोजना गर्न लागिएको कम्पनीको दाबी छ । 

“हामी किशोर–किशोरीहरुको समर्थन प्रणालीको रुपमा रहेको यो सुरुवात जसले सकारात्मक परिवर्तन ल्याउन मदत गर्दछ, यो सुरुवातसँग सम्झौता अघि बढाउन खुशी छौं । दिगो सम्झौता अघि बढाउने उदेश्यका साथ हामी अहिले सम्झौताको तेस्रो बर्षमा टेक्दैछौँ । हामी यो अवसरमा सामान्य जनतालाई यो अवगत गराउन चाहन्छौं कि यो हामी हाम्रो तरफबाट समाज कल्याणका लागी र किशोर-किशोरीहरुको समर्थनको लागी गर्दै छौँ ।” सिजी फुड्सका सीइवो  जीपी शाहले विज्ञप्तिमार्फत भनेका छन् ।

वाई वाई जस्तो प्रख्यात ब्रान्डसँग जोडिएर ग्लोकल टिन हिरो को नाम अघि बढाउँदा उनीहरु निकै खुसी भएको जनाउँदै ग्लोकल प्रालिका कार्यकारी निर्देशक आशिष ठाकुरले भनेका छन्– “सिजी फुड्ससँगको सम्झौताले अझै उर्जा मूल्य थपेको छ । र  हामीले तीन बर्षदेखि गर्दै आएको काममा सफल भएका छौँ । किशोर–किशोरीहरु, हामी यो बर्ष अझै भव्य रुपमा अघि बढेका छौँ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप