शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चार्मिङ बढाउन पुरुषका लागि ७ टिप्स

शुक्रबार, ०९ चैत २०७४, १३ : ११
शुक्रबार, ०९ चैत २०७४

आफूलाई सफल बनाउन चाहनुहुन्छ र चार्मिङ बन्ने सोच्नुभएको छ भने जीवनमा स–साना व्यवहारमा ध्यान दिन जरुरी छ । भनिन्छ, स–साना कुरामा ध्यान दिँदा कति वेला ठूलो उपलब्धि हासिल हुन्छ, थाहा नै हुँदैन । त्यसैले आफूमा चार्मिङ बढाउन यस्ता टिप्स फलो गर्दा राम्रो हुन्छ :

पर्याप्त निद्रा
पर्याप्त निद्राले शारीरिक र मानसिक रूपमा फाइदा पु¥याउँछ । यदि पूरै निद्रा लिनुभयो भने त्यति धेरै बिरामी पनि पर्नुपर्दैन । र, तौल नियन्त्रण गर्नसमेत यसले सहयोग पु¥याउँछ । पर्याप्त निद्राको कारण मधुमेह र मुटुरोगजस्ता गम्भीर स्वास्थ्य समस्याको जोखिम पनि कम हुन्छ । यति मात्र होइन, आवश्यक निद्रा लिँदा तनावमा कमी आउँछ र तपाईंको मुडमा पनि सुधार ल्याउँछ । जसले चार्मिङ बढाउन भूमिका खेल्छ । त्यसैले, विभिन्न रोगबाट बच्न र चार्मिङ क्रिएट गर्नका लागि निद्रामा हेलचेक्र्याइँ नगर्नुस् ।

बाहिर कम खानुस्
आफूलाई स्वस्थ राख्न चाहनुहुन्छ र पैसाको पनि बचत गर्ने योजना बनाउनुभएको छ भने बाहिर खाने बानी हटाइहाल्नुस् । घरमा पाकेको खाँदा एकातिर स्वस्थ रहन सकिन्छ भने अर्कोतर्फ परिवारको सदस्यसँग समय बिताउन पाउनुहुन्छ । जसले तपाईंमा चार्मिङ बढाउन ठूलो भूमिका निर्वाह गर्छ ।

पोस्चरमा ध्यान दिनुस्
आफूतर्फ आकर्षित गर्न र चार्मिङ बढाउनका लागि पोस्चरमा ध्यान दिन जरुरी हुन्छ । जसका लागि नियमित एक्सरसाइज गर्न आवश्यक हुन्छ । बस्ने, सुत्ने, उठ्ने तरिकाले पनि तपाईंको सही पोस्चरमा ठूलो भूमिका निर्वाह गरिरहेको हुन्छ । धेरै मानिसले आफ्नो पोस्चरमा ध्यान दिँदैनन् । जसका कारण शरीरसम्बन्धी कैयौँ समस्याको सामना गर्नुपर्ने हुन्छ ।

रुखो छालाको स्याहार
तपाईं आफूमा चार्मिङ बढाउन चाहनुहुन्छ भने स्किनमा पनि उत्तिकै ध्यान दिन जरुरी छ । यो सोच्न जरुरी छैन कि महिलाले मात्र स्किनमा ध्यान राख्नुपर्छ । छाला निकै संवेदनशील हुन्छ । त्यसैले सधैँ विभिन्न संक्रमणको डर हुन्छ । आफूलाई अरूभन्दा अलग साबित गर्न र आकर्षणको केन्द्र बन्न पुरुषले पनि छालाको विशेष ख्याल राख्न जरुरी छ । यस्तो पानीले उमेरअनुसार रिंकल, धब्बा बस्ने र छालासम्बन्धी अन्य समस्याबाट टाढा रहन सकिन्छ ।

आशावादी रहनुस्
जुनसुकै सफल व्यक्तिको लक्ष्यप्राप्तिको रहस्यबारे जान्न चाहनुहुन्छ भने उनीहरूबाट एउटै जवाफ पाउनुहुन्छ कि आशावादी बन्नुस् । आशावादी हुँदा अप्रत्याशित परिवर्तका साथै तनाव कम गर्न मद्दत पुग्छ । यस्तो बानीले अनावश्यक निराशाबाट मुक्त हुन सकिन्छ । जसले तपाईंको चार्मिङ बढ्नमा महत्वपूर्ण भूमिका खेल्छ ।

मदिरा सेवनमा रोक
मदिराले कैयौँ स्वास्थ्य समस्या निम्त्याउँछ । डाक्टरका अनुसार कलेजोसम्बन्धी रोगको मुख्य कारण नै मदिरा हो । त्यसैले कलेजोको सुरक्षाका लागि पनि मदिरा सेवनमा रोक लगाउन आवश्यक छ । यसले अल्पकालीन रूपमा इन्टाक्सिकेसन र डिहाइड्रेसनजस्ता समस्या निम्त्याउँछ । यसले मस्तिष्कमा समेत समस्या सिर्जना गर्छ । जसका कारण चार्मिङ बढ्नुको सट्टा घट्न जान्छ ।

पर्याप्त पानी
शरीरमा कहिल्यै पनि पानीको कमी हुन दिनुहुँदैन । आवश्यक मात्रामा पानीको प्रयोग गर्न जरुरी हुन्छ । नियमित पानी पिउँदा शरीरमा भएका विषाक्त पदार्थ सजिलै बाहिर निस्कन मद्दत पुग्छ । जसले चार्मिङ बढाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

नयाँ पत्रिकाबाट 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप