शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गुलियो चिनीको तितो यथार्थताः कम भन्सारको मारमा चिनी उद्योग र किसान

शुक्रबार, ०९ चैत २०७४, १२ : ५७
शुक्रबार, ०९ चैत २०७४

काठमााडौं– पछिल्ला दुइ बर्षदेखि बजारमा चिनीको मूल्यलाई लिएर निकै आलोचना भइरहेको छ । यसरी बजारमा चिनीको मूल्य वृद्धि हुनुमा हाम्रो उत्पादनको लागत बढी भएरनै हो । अहिले हाम्रो चिनीको उत्पादन लागत ७५ रुपैयाँ प्रतिकेजीको हाराहारीमा रहेको छ ।

२०७३ सालमा तत्कालीन सरकारले मन्त्रिपरिषदको निर्णयबाट चिनी आयात खुल्ला गरिदिएपछि भने झनै हाम्रा स्वदेशी चिनी उद्योगहरु र किसान पिडामा परेका छन् । सरकारले भन्सार दरसमेत निकै न्युन (१५ प्रतिशत) लगाएर चिनी आयत गर्न दिएको छ ।

अहिले हाम्रा उद्योगले उत्पादन गरेको चिनीभन्दा आयातित चिनी निकै सस्तो रहेको छ । विदेशबाट आयात हुने चिनी प्रतिकेजी ५५ रुपैयाँमा नेपाल आउने गरेको छ भने हाम्रो उत्पादन त्यसको तुलनामा करिब २० रुपैयाँ प्रतिकेजी महंगो रहेको छ ।

त्यसो त कृषि मन्त्रालयले चिनीको अनुमानित उत्पादन मूल्य प्रतिकेजी ६२ रुपैयाँ ५० पैसामा हुनुपर्ने जनाइरहेको छ । त्यसमा १३ प्रतिशत मूल्य अभिबृद्धि कर र ५ प्रतिशत मुनाफा राखेर बजारमा पठाउँदा ७३ रुपैयाँ ५६ पैसा पर्न जान्छ । सरकारी त्थ्याङकअनुसार पनि हाम्रो उत्पादन आयातित चिनी भन्दा करिब १८ रुपैयाँ महँगो रहेको छ ।

समाधानको उपाय के  हुन सक्छ ? 
यसको सोझो समाधान भनेको आयातित चिनीमा भन्सार दर बढाउनु हो । दक्षिण एसियाली मुलुकहरुले चिनीमा १०० प्रतिशतसम्म भन्सार लगाउँदै आएका छन् । भारतले चिनी आयातमा १०० प्रतिशत भन्सार लगाउँदै आएको छ ।

नेपालमा समेत सरकारले उखु बालीलाई प्रमुख बालीको घोषणा गरेर किसानलाई यस खेतीप्रति आर्कषित गर्ने प्रयास गरिरहेको समयमा यसरी चिनी आयातलाई प्रहोत्सान पुग्ने भन्सार दर परिर्वतन गर्नुपर्ने देखिन्छ ।
यदि सरकारले आयातलाई निरुत्सािहत गर्ने हो भने नेपाली उत्पादनको मूल्य ७५ रुपैयाँ नबढ्ने गरि बजारमा चिनी पुर्याउन सकिने चिनी उत्पादक संघको भनाई छ ।

संघका अनुसार नेपाल सबैभन्दा महंगोमा चिनी उत्पादन गर्ने मध्येको एउटा देश हो । हाम्रो उखुमा लागत निकै धेरै रहेको उद्योगीहरुको दाबी रहेको छ । जसले नेपाली किसानहरुको जीवन स्तर उकास्न निकै ठुलो मद्दत पुगेको संघले दाबी गरेको छ ।

साँढे ३ अर्बको लगानीमा नेपालमा चिनी उद्योगहरु सञ्चालन भइरहेका छन् । अहिले करिब १ लाख किसानले उखु खेती गरिरहेका छन् भने करिब २० लाख मेट्रिक टन उखु उत्पादन भइरहेको छ । चालु आर्थिक बर्ष २०७४/०७५मा ११ अर्ब रुपैयाँको उखु किसानले बिक्री गरेका छन् । यस बर्ष १ लख ७५ हजार मेक्ट्रिटन चिनी उत्पादन भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप