बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ वर्षदेखि बुध्द एयरको फेरि सुर्खेत उडान

शुक्रबार, ०९ चैत २०७४, १२ : २८
शुक्रबार, ०९ चैत २०७४

काठमाडाैं-बुध्द एयरले फेरि काठमाडौं- सुर्खेत सिधा उडान गर्ने भएकाे छ ।  २०६९ पुष देखि २०७० आषाढसम्म पनि  बुध्द एयरले काठमाडौं- सुर्खेत सिधा उडान गरेकाे थियाे । तर, उक्त अवधिमा पर्याप्त यात्रु नहुँदा आर्थिक भार परी सुर्खेत उडान  राेकिन पुगेकाे थियो ।

देशको बदलिँदो राजनीतिक, सामाजिक र आर्थिक परिस्थितिमा कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई केन्द्रीय राजधानी काठमाडौंसँग जोड्नु बुध्द एयरले आफ्नो दायित्व सम्झिएर दैनिक उडान सुरु गर्न लागेकाे बुध्द एयरले जनाएकाे छ । 
बुध्द एयरले नयाँ वर्ष २०७५ (वैशाख १ गते) देखि पुनः काठमाडौं–सुर्खेत–काठमाडौं उडान सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण समक्ष निवेदन दिने तयारी गरेको छ ।

आर्थिकभार बढे पनि बुध्द एयरले १८ सिट क्षमताको Beech 1900D जहाजबाट काठमाडौं–सुर्खेत–काठमाडौंको दैनिक एक उडान भर्ने योजना बनाएको छ ।

नेपाल सरकार तथा नागरिक उड्डयन प्राधिकरणले तोकेको अधिक्तम एकतर्फी भाडा दर रु. ११,४१९ भएता पनि आधा सिट रु. ८,५००/ र बाँकी आधा सिट रु. १०,५००/ मा बेच्ने कम्पनीले विज्ञप्तिमा जनाएको छ ।

कर्णाली प्रदेशमा पर्यटनका थुप्रै अवसर र गन्तव्यहरु छन् । यसबाट स्थानीय जनता तथा प्रदेश सरकार  लाभान्वित हुने विश्वास लिइएकाे छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप