बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अफर आउँछन्, एसेप्ट गरेकी छैन– अभिनेत्री जसिता

शुक्रबार, ०९ चैत २०७४, ११ : ०३
शुक्रबार, ०९ चैत २०७४

जसिता गुरुङ चलचित्र ‘लिलिबिली’की अभिनेत्री हुन् । आगामी ३० गतेबाट देशभर प्रदर्शनमा आउँने यो चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा उनी पनि अहिले चर्चामा छिन् । पोखरामा जन्मिए पनि ७ वर्षको उमेरदेखि यूकेमा रहँदै आएकी उनले उतैबाट ट्राभल एन्ड टुरिजम अध्ययन पूरा गरेकी छन् । अहिले हेयर र मेकअप डिजाइन अध्ययन गरिरहेकी उनको ‘लिलिबिली’ डेब्यु चलचित्र हो । यूकेमा आयोजित चलचित्रको अडिसनबाट अभिनयका लागि छानिएकी उनी अभिनयप्रतिको लगाव सानैदेखि रहेको बताउँछिन् । यूकेमा आयोजित वृहत् नृत्य प्रतियोगिता यूके डान्स कम्पिटिसनकी विजेतासमेत रहेकी उनको जोसँग पनि सजिलै घुलमिल हुने स्वभाव छ । पहिलो चलचित्र नै चर्चित अभिनेता प्रदीप खड्कासँग स्क्रिन सेयर गर्न पाएकाले आफूलाई भाग्यमानी ठान्ने यी जसिता घुम्न त्यति मन पराउँदिनन् । भन्छिन्, ‘मलाई घुम्नभन्दा पनि खाना बनाउन फ्यामिलीसँग रमाउन र चलचत्रि हेर्न मनपर्छ ।’ अभिनेत्री मेनुका प्रधान, साम्राज्ञी र प्रियङ्काको अभिनय मन पराउने ‘लिलिबिली’ अभिनेत्री जसितासँग रातोपाटीको यस्ता छन् दश प्रश्न :
    
राम्री देखिनु भाको छ नि, सौन्दर्यको ख्याल निकै गर्नु हुन्छ होला ?
– नढाँटी भन्नुपर्दा धेरै ख्याल गर्दिनँ । सामान्य मेकअप त गर्नु पर्यो नै । त्योभन्दा बढी म स्किनको ख्याल गर्छु । म, धेरै कस्मेटिक आइटम प्रयोग गर्दिनँ । मेकअपमा सधैँ प्रयोग गर्ने भनेको आइल्यान्डर, आइस्याडोलगायत हुन् । गालामा बिबी क्रिम लगाउँछु । कपालमा नरिवलको तेलले मसाज गर्छु । मेकअपको विषयमा खासै धेरै कुरो थाहा छैन ।

फिटनेसमा कति ध्यान दिनुहुन्छ ?
–चलचित्र अभिनय अगाडि जिम जान्थेँ । अभिनयपछि घरमा ट्रेडमिल किनेकी छु । त्यसमा दौडिन्छु । एक्सरसाइज गर्छु । यस्तै हो ।

फेसनतिर कतिको चासो छ ?
–अहिले के चलेका छन्, कस्तो चलेका छन् भनेर फलो गर्ने खालको छैन म । आफूलाई राम्रो लाग्ने, लगाउन सजिलो हुने जुनै पहिरन पनि प्रयोग गर्छु । पाइन्ट र टिसर्ट बढी सजिलो लाग्छ । 

जीवन के हो ?
जीवन एउटा यात्रा हो । यसमा उतार चडाव आइरहन्छ । म अहिले सङ्घर्षको क्रममा छु । चलचित्रमा भर्खर आएकी हुँ । यो क्षेत्रमा अझै केही गर्नुछ । 

धेरै दुःखी कहिले बन्नुभयो ?
दुःख जीवनमा सबैले फेस गर्नुपर्ने कुरो हो । मेरो विचारमा यसलाई धेरै समय होल्ड नगरी अगाडि बढ्ने हो भने सफलता पाउन सकिन्छ । परिवारमा कोही बिमारी भएको बेला म दुःखी हुन्छु । अन्य समय दुःखी भएको याद छैन । कहिले काहीँ आफूले चाहेजस्तो, भनेजस्तो भएन भने पनि दुःख लाग्छ । 

ड्रिम भन्न मिल्छ ?
–चलचित्र अभिनयमा राम्रो गर्ने, सबैले चिन्ने, पपुलर अभिनेत्री बन्ने अहिलेको ड्रिम हो ।  

प्रेममा हुनुहन्छ ?
–छैन, अहिले प्रेममा रमाउने बेला होइन । करियरमा फोकस गर्ने समय हो जस्तो लाग्छ । 

प्रेमका अफर त आएका छैनन् ?
– अफर त आउँछन् नि । मैले एसेप्ट गरेकी छैन । अफर गर्नेलाई अहिले करियर बनाउने क्रममा छु । म तपाईहरूको अफर स्वीकार्न सक्दिनँ । मलाई बुझिदिनुस् भनेर सम्झाउने गरेकी छु । 

कस्तो केटा आकर्षक लाग्छ  ?
–आफूलाई बुझ्ने, कुरा मिल्ने, सबैको ख्याल गर्ने, अरूलाई इज्जत गर्ने, सम्मान दिने केटा मनपर्छ ।

रोजेको व्यक्तिसँग डेटको अफर दियो भने ?
अभिनेता त म यसै भन्न सक्दिनँ । अभिनेत्रीसँग जान पाए भने मेनुका प्रधान र साम्राज्ञी राज्यलक्ष्मी शाहसँग जान मन छ । उहाँहरू धेरै ट्यालेन्टेड अभिनेत्रीहरू हुनुहन्छ । डेटमा अभिनय अनुभव, चलचित्र क्षेत्रको बारेमा सोध्न मन लागेको छ । यसले अगामी दिनमा मलाई अगाडि बढ्न सजिलो हुन्थ्यो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप