बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अब प्रधानमन्त्री कार्यलय मातहत ‘थिङ्क ट्याङ्क’ !

शुक्रबार, ०९ चैत २०७४, १० : ४६
शुक्रबार, ०९ चैत २०७४

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालय मातहत रहने गरी स्वतन्त्र विज्ञ समूह अर्थात ‘थिङ्क ट्याङ्क’ अर्थात् स्वतन्त्र विज्ञ समूह गठनको तयारी गरेका छन् । 

सरकारले स्थायित्व र समृद्धिको नारालाई सफल पार्न विभिन्न क्षेत्रका विज्ञहरू समेटिएको यतो ‘थिङ्क ट्याङ्क’ ’बनाउन लागेको हो ।  

यो समूह प्रधानमन्त्री कार्यालय मातहत हुने र त्यसले प्रधानमन्त्रीलाई नीतिगत विषयमा सुझाव दिनेछ । नेपालको भूराजनीतिलाई समेत ध्यानमा राख्दै ’थिङ्क ट्याङ्क’ निर्माण गर्न लागिएको छ । 

प्रधानमन्त्री ओलीले यसका लागि बिहीवार विभिन्न क्षेत्रका विज्ञहरूसँग छलफल गरेका थिए ।

प्रधानमन्त्री ओलीले विगतका परराष्ट्र सल्लाहकार राजन भट्टराईलाई उक्त संयन्त्र गठनको गृहकार्य अघि बढाउन परिचालन गरेका छन् ।

भट्टराई ओलीका निकट नेता हुन् । प्रतिनिधिसभामा काठमाडौं–४ बाट चुनाव लडेका थिए । तर, काँग्रेस नेता गगन थापासँग उनले पराजय भोगेका थिए । 
प्रधानमन्त्री ओलीले संसदबाट नै कानून पारित गराएर दीर्घकालीन रूपमा प्रधानमन्त्री कार्यालयमा ’थिङ्क ट्याङ्क’ राख्ने तयारी गरेका हुन् । ओली आफु प्रधानमन्त्री भएपछि विज्ञ समूह राखेर सरकारका काम कारबाही अगाडि बढाउने बताएका थिए । 

प्रधानमन्त्रीले विहिवार कानून, अर्थ, सुरक्षा, कुटनीति, विकास योजना, शिक्षा लगायतका क्षेत्रमा लामो अनुभव रहेका केही विज्ञसँग छलफल गरेका थिए । बीबीसी नेपाली सेवासँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भनेका छन्, ‘ ’हामीले अवलम्बन गर्नुपर्ने विकास, वातावरण, शिक्षा, स्वास्थ्य नीतिहरू, बदलिँदो अन्तराष्ट्रिय सन्दर्भमा हाम्रो पहलकदमी कस्तो हुनुपर्छ भन्ने विषयमा उसले हामीलाई सहयोग गर्छ। विज्ञ समूह चाहिने भएको हुनाले सकेसम्म छिट्टै गठन गर्छौं।’

केही देशमा यस्ता प्रकृतिका विज्ञ समुहले सरकारलाई सहयोग गर्दै आएका छन् ।  

यस्तो समूहमा आफ्ना निकटवर्ती नियुक्त गर्ने विगतको अभ्यास तोडिनुपर्ने धेरैको सुझाव छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप