शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पोखरा फाइनान्सको हकप्रद लिलामीमा, कहाँ–कहाँबाट भर्न पाइन्छ आवेदन ?

शुक्रबार, ०९ चैत २०७४, १० : १९
शुक्रबार, ०९ चैत २०७४

काठमाडौँ । पोखरा फाइनान्सले बिक्रि नभएको १ लाख ८० हजार  ७०१.७४ कित्ता हकप्रद लिलामीमा बिक्रि खुला गर्ने भएको छ । फाइनान्सको संस्थापक समुहतर्फको ८० हजार ३ सय ४८. २७ कित्ता  र

सर्वसाधारण समुहतर्फको १ लाख ३ सय ५३.४७ कित्ता हकप्रद सेयर यहि चैत १८ गतेबाट बिक्री खुला हुनेछ । यसका लागि आवेदन दिने अन्तिम मिति चैत २५ गतेसम्म रहेको बिक्रि प्रबन्धक एनएआइबिएल एस क्यापिटलले जनाएको छ । 

आवेदन दिनका लागि प्रतिकित्ता १०० रुपैयाँ भन्दा बढी मूल्य तोकेर बोलपत्र पेश गर्नु पर्नेछ । सेयर खरिदका लागि बोलपत्र पेश गर्दा संस्थापक समुहतर्फको लागि न्युनतम  १ हजार कित्ता र सर्वसाधारण समुहतर्फको न्युनतम १०० कित्ताका लागि आवेदन सकिनेछ ।  अधिकतम भने सबै कित्ताका लागि आवेदन दिन सकिने बिक्रि प्रबन्धकले जनाएको छ । 

आवेदन एनआइबिएल एस क्यापिटल लिमिटेड काठमाडौं र शाखा कार्यालय लगनखेलमा  भर्न र बुझाउन सकिनेछ । यस्तै पोखरा फाइनान्स पोखराबाट पनि आवेदन फारम भर्न र बुझाउन सकिनेछ । यता नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालय विराटनगर, सुर्खेत, विरगंज, नेपालगंज र बुटवलबाट पनि आवेदन भर्न सकिन्छ ।  

पोखरा फाइनान्सले यस अघि पुस ३० गतेदेखि माघ ६ गतेसम्म कुल ९ लाख ९३ हजार ६८२.७४ कित्ता हकप्रद बिक्रि खुला गरेको थियो । जसमा ८ लाख २ हजार ९८१ कित्ताका लागि मात्र आवेदन परेको हो । 
फाइनान्सको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ३० पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ३१ पैसा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप