शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ताप्लेजुङको होटलमा आगलागी

शुक्रबार, ०९ चैत २०७४, ०८ : २५
शुक्रबार, ०९ चैत २०७४

ताप्लेजुङ - ताप्लेजुङ सदरमुकामको एक होटलमा शुक्रबार बिहानै आगलागी भएको छ ।

सदरमुकाम फुङ्लिङबजारको प्रवेशद्वार हेलप्याड नजिकैको होटल ईको भ्यू पोइन्टमा बिहान ६ः५ बजे  आगलागी भएको हो ।

आगलागीबाट होटलको माथिल्लो तला पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक काशीनाथ रेग्मीका अनुसार होटलको भान्सा कोठामा विद्युत सर्ट भएर आगलागी भएको हो । पूर्ण विवरण भने आउन बाँकी नै रहेको रेग्मीले रातोपाटीलाई बताए ।

आगो नियन्त्रणका लागि फुङ्लिङ नगरपालिकाको वारुणयन्त्र(दमकल) सहित नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय जुटेका थिए ।

करिब एक घन्टापछि आगो नियन्त्रणमा आएको छ ।  होटलको तल्लो तलाहरुमा भने कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।

-प्रयास लिम्बू

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप