शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कान्समा ऐश्वर्याः कसैले भने ‘सिन्ड्रेला’ कसैले ‘बार्बी डल’

शनिबार, ०६ जेठ २०७४, १४ : ०३
शनिबार, ०६ जेठ २०७४

 संसारकी सबैभन्दा सुन्दर महिलामध्येको एक ऐश्वर्या राय बच्चन ७० औं कान्स फिल्म समारोहमा जब रेड कार्पेटमा देखिइन् तब हरेकको नजर उनीमाथि अडियो ।

कान्समा ऐश्वर्याको यो १५ औं वर्ष हो । यतिका वर्षसम्म रेड कार्पेटमा ऐश्वर्याको ड्रेसिङ स्टाइलको यात्रा निकै उतार चढावपूर्ण रह्यो ।

सोसल मिडियामा ऐश्वर्या रायको ड्रेस र उनको सुन्दरताको चर्चा भइरहेको छ । उनले कसैलाई ‘सिन्ड्रेला’ भनेका छन् भने कतिले ‘बार्बी डल’ को उपमा दिएका छन् ।

ट्वीटरमा श्रीवत्स @vatsanarayan ले लेखेका छन् कि ऐश्वर्याजस्तो कोही पनि हुनै सक्दैन ।

@zindagichist को ट्वीटर अकाउन्टमा लेखिएको छ, ‘कान्समा अहिलेसम्मको ऐश्वर्याको सबैभन्दा राम्रो ड्रेस । भारतीय सिन्ड्रेला ।’

यता फिल्मफेयरको ट्वीटर ह्याण्डलबाट पनि ऐश्वर्याको तस्बिर पोष्ट गर्दै उनको सुन्दरताको बयान गरियो ।

ट्वीटरका साथै इन्स्टाग्राममा पनि ऐश्वर्याको पहिरनको चर्चा भइरहेको छ ।

इन्स्टाग्राममा सेलिब्रिटी स्टाइलिष्टदेखि डिजाइनरसम्म ऐश्वर्याको पहिरनको चर्चा गरिरहेका छन् ।

थुप्रै फेसन म्यागजिन जस्तै ऐली इन्डियाले इन्स्टाग्राममा ऐश्वर्या रायको तारिफ गर्दै लेखेको छ, ‘के ऐश्वर्या रायको उमेर १० वर्ष घटेको हो ?’

श्वर्याको कान्ससँग एक विशेष सम्बन्ध रहेको छ । कहिले उनको ड्रेसको विषयमा उनको अत्यधिक आलोचना हुने गरेको छ भने कहिले उनले आफ्ना प्रशंसकलाई लट्ठै बनाएकी छिन् ।

सन् २००३ मा ऐश्वर्या राय बच्चनले पहिलो पटक कान्स फिल्म फेस्टिबलको जूरीमा समावेश भएकी थिइन् ।

पछिल्लो वर्ष रेड कार्पेटमा पर्पल लिपिस्टिकसँग देखिएकी ऐश्वर्याले सोसल मिडियामा थुप्रै नकारात्मक टिप्पणीको सामना गर्नुपर्यो ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप