शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चिनियाँ जहाजलाई बोइङ ७६७ को ठक्कर

शुक्रबार, ०९ चैत २०७४, ०६ : ०७
शुक्रबार, ०९ चैत २०७४

घाममा सेकाएर राखिएका जहाजमाथि थप विपत्ति 

काठमाडौं - नेपाल वायुसेवा निगमले एक महिनाअघि दुई थान नयाँ चिनियाँ जहाज ल्याए पनि उडाउन सकेको छैन ।

आएदेखि घाममा सेकाएर राखिएका ती जहाजमाथि थप विपत्ति आइलागेको छ । आजको नागरिक दैनिकको पहिलो पृष्ठमा यो खबर छापिएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आफ्नै ह्यागंर छेउ रहेका ती दुईमध्ये एक जहाजमा विदेशबाट आएको बी ७६७ सिरिजको ठूलो (वाइड बडी) आकारको जहाजले ठक्कर दिएको थियो ।

निगमका एक उच्च अधिकारीले भने,

-यसै पनि घाम तापिरहेको जहाज, त्यसमाथि पनि ठूलो जहाजले ठक्कर दिएपछि अब कति महिना थन्किने हो ठेगान छैन ।

-एउटा जहाज ठक्करपछि थन्किएको छ भने अर्को नयाँ जहाज निगमकै इन्जिनियरको लापरबाहीले थन्किन पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप