सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

लोडसेडिङ नगर्न भनि ऊर्जामन्त्रीले दिएको निर्देशन कार्यान्वयन भएन

बिहीबार, ०८ चैत २०७४, २० : १८
बिहीबार, ०८ चैत २०७४

काठमाडौं– ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ले एसईई परीक्षा अवधिभर लोडसेडिङ नगर्न भनि दिएको निर्देशन  कार्यान्वयन  नभएको  पाइएको छ । 

आज ऊर्जामन्त्री पुनले नेपाल विद्युत प्राधिकरणका  कार्यकारी निर्देशक कुलमान घिसिङलगायतका पदाधिकारीलाई  एसईई परीक्षा अवधिमा  लोडसेडिङ नहुने  व्यवस्था मिलाउन निर्देशन दिएका थिए । 

तर,  राजधानीलगायत देशका विभिन्न स्थानमा  सदाझैं अघोषित रुपमा लोडसेडिङ भएको पाइएको हो । 

रातोपाटीले  बिहिबार दिउँसो ऊर्जामन्त्रीले लोडसेडिङ निर्देशन दिएको समाचार सार्वजनिक गरेको थियो | तर ऊर्जामन्त्रीको निर्देशन अनुसार  बेलुका सदाझैं अघोषित रुपमा लोडसेडिङ भइरहेको भन्दै गुनासो आएको हो । 
 

उपत्यकाका केहि स्थानमा समेत लोडसेडिङ भएको छ भने  उपत्यकाबाहिर धेरै  स्थानमा  लोडसेडिङको समस्या देखिएको हो । 
  हाल  विद्युत प्राधिकरणले लोडसेडिङको तालिका सार्वजनिक नगरेको भएपनि अघोषित रुपमा भने लोडसेडिङ हुँदै आएको छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप