शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ लिभअन सेरम ड्यामेज प्रोटेक्टलाई मिस नेपालका सुन्दरीहरुको साथ

बिहीबार, ०८ चैत २०७४, १८ : ३२
बिहीबार, ०८ चैत २०७४

काठमाडौ । मेरिको लिमिटेडले नेपालको बजारमा लिभअन सेरम ड्यामेज प्रोटेक्ट ल्याएको छ । 

महिलाहरुको हेयर स्टाइल गनेका लागी चर्चित ब्राण्ड लिभअनले यसलाई नेपाली बजारलाई नै लक्षित गरेर  डिजाइन गरिएको कम्पनीले जनाएको छ । 

यसको बिक्री शुभारम्भ बलिउडकी चर्चित हस्ती हेयरस्टाइलिस्ट सानीया सहादद्पुरीका साथै हिडन ट्रेजर मिस नेपाल २०१८ का २५ आकाङ्क्षी प्रतिस्पर्धीहरुको समुपस्थितिमा आयोजित एक विशेष समारोहका बीच गरिएको थियो ।

यो नयाँ उत्पादनले प्रयोगकर्ताहरुलाई विभिन्न उत्कृष्ट हेयर स्टाइल गर्ने विकल्पहरु जस्तैः सिधा बनाउने, घुम्रिएको बनाउने, कलर गर्नेका साथै युभि किरणहरु, धुवाँधुलो प्रदुषण आदिबाट समेत कपाललाई जोगाउने कम्पनीको दाबी छ । 

नेपाली युवतीहरुलाई विविध स्टाइलका ग्याजेटहरु प्रयोग गर्ने बढ्दो प्रचलनसँगै उनीहरुले नियमितरुपमा सामाना गर्नुपर्ने समस्यालाई यो उत्पादन सम्बोधन गर्ने कम्पनीले जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप