मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

जीडीपीमा पर्यटनको योगदान २५ प्रतिशत पुर्याउनेगरी काम गर्दैछुः मन्त्री अधिकारी

बिहीबार, ०८ चैत २०७४, १८ : २३
बिहीबार, ०८ चैत २०७४

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले कुल गार्हस्थ उत्पादन(जीडीपी) मा पर्यटनको योगदान २५ प्रतिशत पुर्याउनेगरी आफूले कार्ययोजना तयार पारिरहेको बताएका छन् । पर्यटन पत्रकार संघ(जाट–नेपाल) का प्रतिनिधिमण्डलसँग बिहिबार मन्त्रालयमा भएको भेटमा पर्यटनमन्त्री अधिकारीले जीडिपीमा अहिले भइरहेको साढे तीन प्रतिशत हाराहारीको योगदानलाई २५ प्रतिशतमा पुर्याउने गरी काम थाल्ने कार्ययोजना बनाइहेको बताएका हुन् ।

अबको एक वर्षभित्रमा पर्यटनमा सबैले केहि न केहि नयाँ परिवर्तनको महशुश गर्नुहुनेछ । हामीले सन् २०२० मा १५ लाख पर्यटक नेपाल भित्र्याउनेछौं, भेटमा उनले भने, हामी पर्यटनबाट जीडीपीमा अहिले भइरहेको करिब साँढे तीन प्रतिशत योगदानलाई कम्तिमा २५ प्रतिशतमा पुर्याउनेछौं । त्यो कार्ययोजना बन्दैछ, छिट्टै सार्वजनिक गर्नेछु ।

पूर्वाधार विकासमा सरकारले विशेष ध्यान दिने र बाँकी निजी क्षेत्रको सहयोगमा पर्यटनको दिगो विकासको कार्ययोजना अगाडि बढ्ने उनले सुनाए । त्यस्तै पर्यटन विश्वविद्यालयको स्थापना गर्न आफू लागिपरेको पनि उनले बताए । आगामी दिनमा गुणस्तरीय पर्यटक भित्र्याउने दिशामा सरकार अगाडि बढेको पनि उनले सुनाए ।भेटमा उनले पर्यटन पत्रकार संघ (जाट–नेपाल)का पदाधिकारी एवं सदस्यहरुलाई रचानात्मकसहयोग गर्न पनि आग्रह गरे ।

यस्तै भेटमा जाट–नेपालका अध्यक्ष नारायण भण्डारीले पर्यटन मन्त्री अधिकारीलाई एक ज्ञापनपत्र दिंदै विशेषतः धार्मिक पर्यटन, कला संस्कृतिलाई जोड दिंदै मौलिक पर्यटकीय गन्तव्यहरुको विकासमा ध्यान दिनुपर्ने बताए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप