शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रतिनिधिसभा नियमावली मस्यौंदा समितिको सभापतिमा पोख्रेल

बिहीबार, ०८ चैत २०७४, १७ : ४९
बिहीबार, ०८ चैत २०७४

काठमाडौं–प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिको सभापतिमा नेकपा एमालेका सांसद कृष्णभक्त पोख्रेल चयन भएका छन् । समितिको बिहिबार बसेको बैठकले एमालेका सांसद पोखरेललाई प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको सभापतिमा सर्वसम्मत चयन गरेको हो । नवनिर्वाचित सभापति पोखरेलले प्रतिनिधिसभा नियमावली मस्यौदालाई १० दिनभित्रै तयार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले प्रतिनिधिसभा र सरकारलाई जनताप्रति उत्तरदायी बनाउन आवश्यक व्यवस्था गर्ने योजना पनि अघि सारे । समितिले भोलीबाट कार्यविधि बनाएर नियमावली मस्यौदा निर्माणको कामलाई अघि बढाउने तयारी पनि गरेको छ । समितिले प्रतिनिधिसभा अन्तर्गत रहने समितिहरुको नाम र संख्या तोक्ने लगायत बैठक सञ्चालनको कार्यविधि तय गर्नेछ । मस्यौदा समितिमा १३ जना सदस्य रहेका छन् । अधिवक्ता पोखरेल यसअघि दोस्रो संविधानसभामा पनि मस्यौदा निर्माण समितिमा रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप