मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सार्वजनिक पद धारण गर्ने व्यक्तिका लागि नयाँ कानुन आउँदैछः कानुनमन्त्री तामाङ

बिहीबार, ०८ चैत २०७४, १७ : ०२
बिहीबार, ०८ चैत २०७४

काठमाडौं– कानुनमन्त्री शेरबहादुर तामाङले सार्वजनिक पद धारण गरेका प्रत्येक व्यक्तिले अब आफ्नो सम्पतिनै सार्वजनिक गनुपर्ने गरी नयाँ कानुन निर्माण गर्न लागेको बताएका छन् । आज राजधानीमा रिपोर्टस् क्लब नेपालद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री तामाङले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री तामाङले अहिलेसम्म सार्वजनिक पदधारण गरेका व्यक्तिहरुले सम्पति विवरण मात्रै बुझाउने चलन भएकोले अब सम्पत्तिनै सार्वजनिक गर्नुपर्ने कानुन ल्याउन लागेको खुलासा गरे । उनले भने– ‘अब सम्पत्ति विवरण बुझाउने होइन, सार्वजनिक गर्ने कानून बनाउँदैछौं, विधि तय गर्दैछौं, त्यसैले सार्वजनिक पदधारण गरेका व्यक्तिहरुले सम्पत्ति विवराण अनिवार्य रुपमा सार्वजनिक गर्नुपर्छ ।’ मन्त्री तामाङले आगामी चैत्र १२ गतेको संसद बैठकमा आफूले नयाँ कानूनको प्रस्ताव लैजाने भन्दापनि अघिल्लो सरकारले तयार पारेका दुईवटा कानून टेबुल गर्ने योजना समेत सुनाए । 

उनले भने,‘कानूनको डा«फ्ट बनाउने काममा हामी व्यस्त छौं, संसदमा छलफलको लागि पर्याप्त समय हुन्छ ।’ उनले महिला हिंसासम्बन्धी कडाभन्दा कडा कानून ल्याउने पनि प्रतिबद्धता जनाए ।  एक फरक प्रसंगमा मन्त्री तामाङले संविधानले नै २५ जनाको मन्त्रिपरिषदको संख्या तोकेकोले तोकिएको भन्दा बढि मन्त्री नियुक्त नहुने स्पष्ट पारे । सहायक तथा राज्यमन्त्रीलाई पनि संविधानले मन्त्रीकै रुपमा परिभाषित गरेकोले अन्य २५ भन्दा बढि मन्त्री नियुक्त गर्न नसकिने उनको भनाई थियो । यद्धपि उनले संविधान बमोजिम २५ भन्दा बढि मन्त्री नियुक्त गर्न नसकेपनि मन्त्रीकै हैसियतमा सल्लाहकारहरु नियुक्त गर्न सक्ने सम्भावना रहेको औंल्याए । 

मन्त्री तामाङ्ले संविधान नै संशोधन गरेर मन्त्रीको संख्या २५ बाट बढाएर २७ वा २८ पुर्याउन सकिने भएपनि आफूहरुको चाहना त्यस्तो नरहेको स्पष्ट पारे । उनले भने,‘मन्त्रीको संख्या बढाउने कुरा जनताले आवश्यक ठान्दैनन्, हामीले पनि आवश्यक ठानेका छैनौं, हाम्रो चाहना त्यस्तो छैन् ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप