शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

महिलाहरुलाई पुरुषसरह अधिकारको व्यवस्था हुन्छः प्रधानमन्त्री ओली

बिहीबार, ०८ चैत २०७४, १६ : ३८
बिहीबार, ०८ चैत २०७४

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाहरुलाई पुरुषसरह अधिकारको व्यवस्था गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री ओलीले ४१ प्रतिशत महिलाहरु निर्वाचनमा निर्वाचित भएको स्मरण गराउँदै अब कानुनी रुपमा पुरुष सरहनै महिला निर्वाचित हुने व्यवस्था गर्ने प्रतिबद्धता ब्यक्त गरेका हुन् । 

उनले महिला कार्यक्रमका लागि सरकारले बजेटको अभाब हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरे । प्रधानमन्त्री ओलीले मुलुक निर्माणका लागि महिलाहरुले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा पनि जोड दिए ।  ललितपुरको सानेपामा बिहीबारबाट सुरु भएको अन्तर्राष्ट्रिय महिला उद्यमीहरुको प्रर्दशनीलाई उद्घाटन गर्दै उनले महिलाहलाई प्रतिष्पर्धी क्षमता विकासतर्फ अग्रसर हुन पनि आह्वान गरे । महिलाहरुले आरक्षणभन्दा पनि पुरुष सरह अवसर, अधिकार र सम्मानको खोजी गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रधानमन्त्री ओलीले महिलाहरुलाई सवल बनाएर मात्रै मुलुकलाई अघि बढाउन सक्ने पनि स्मरण गराए । कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले महिलाहरुलाई आर्थिक रुपमा सबल बनाएर समाजिक अन्धविश्वासलाई हटाउन लागिपर्ने बताए । 

उनले महिलाहरु आर्थिक रुपमा सवल नभएकै कारण समाजमा महिला हिंसा बढेको पनि स्मरण गराए । मन्त्री थापाले राजनीतिक अस्थिरताका कारणमा विगतमा महिला सशक्तिकरणको अभियान सफल हुन नसकेको पनि उल्लेख गरे । कार्यक्रममा सफल महिला उद्यमीहरुलाई पनि प्रधानमन्त्री ओलीले सम्मान गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप