मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

आरम्भको आइपीओ सूचिकृत, कारोबार आगामी बुधबारबाट

बिहीबार, ०८ चैत २०७४, १६ : ३५
बिहीबार, ०८ चैत २०७४

काठमाडौं–आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको आइपिओ नेपाल स्टक एक्सचेन्जमा सुचिकृत भएको छ । 
सेयर बाँडफाँट भएको छोटो समयमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड तथा सि डि एस सी एण्ड क्लियरीङ्ग लिमिटेडमा सेयर सूुचिकृत भएको हो । 

सूचिकृत भएलगत्तै डिम्याट खातामा जम्मा गरिएका  शेयरको आगामी बुधवारबाट दोश्रो बजारमा सर्वसाधारणहरुले खरिद बिक्री गर्न सक्ने छन् । 
 माइक्रोफाइनान्सले साधारण शेयर बाँडफाँट भएको २ साता मै सेयर सूुचिकृत गरेको हो । आरम्भले फागुन १५ गतेदेखि २० गतेसम्म १०० रुपैयाँ दरको २ लाख ९४ हजार कित्ता आइपिओ निष्काशन गरको थियो ।  यसको बिक्रि प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गरेको हो । 
आवेदनमा पूर्णरुपमा सि(आस्बा प्रणाली लागु गरिएपछि एनआईसीले सेयर आवेदन बन्द भएको २ दिनमै बाँडफाँड गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप