शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बालाजू अटोवर्कस् द्वारा प्राविधिक तालिम तथा प्रतियोगिता सञ्चालन

बिहीबार, ०८ चैत २०७४, १६ : ३३
बिहीबार, ०८ चैत २०७४

काठमाडाै-अग्नि ग्रुप प्रा.लिको आधिकारिक सर्भिस सेन्टर बालाजु अटोवक्र्स प्रा.लि.ले हालै उत्कृष्ट प्राविधिक प्रतिपयोगिता सम्पन्न गरेको छ । प्रतियोगिता कार्यक्रम कम्पनीले महिन्द्रा एण्ड महिन्द्रा इन्टरनेशनलसँगको सहकार्यमा गर्दै आएको छ । प्रतियोगितामा नेपाल अधिराज्यभरका महिन्द्राका डिलरहरुबाट सहभागी भएका थिए । 
प्रतियोगिताको पहिलो दिन तालिम दिइएकोे र दोस्रो दिन प्रतियोगिता सम्पन्न गरिएको थियो । तालिममा सर्भिस म्यानवापरहरुलाई काम गर्ने तरिका, गुणस्तरीयता, प्राविधिक एवं आधारभूत विधि सम्बन्धी तालिम प्रदान गरिएको थियो । २३ व्यक्तिको सहभागिता रहेको यस प्रतियोगितामा सिद्धान्त, प्रयोग र मौखिक० गरी ३ प्रकारबाट छनौट गरिएकोमा अष्ट नारायण महर्जन ए एम अटोमोबाइलस, बल्खु अनुप कुमार मिश्र, गणपुर अटोवक्र्स, नेपालगञ्ज, मणिराम चौधरी, दक्षिणकाली इन्कर्पोरेटेड, धनगढी बिजयी भए । 
सन् १९९१ मा नेपालमा स्थापना भएको अग्नि ग्रुप प्रा.लि अन्तर्गत अग्नी इन्कर्पोरेटेड प्रा.लि., अग्नि इनर्जी प्रा.लि., अग्नि मोटोइन्क प्रा.लि., बालाजू अटो वक्र्स प्रा.लि.रहेका छन् । यी कम्पनीहरुले महिन्द्रा युटिलिटि भेइकल, ट्र्याक्टर, टुह्वीलर तथा विद्युतीय कार तथा जेनेरेटरहरु विक्री वितरण गर्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप