मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

गोल्डस्टारको साताै‌ं फ्रेन्चाइजी सोरुम नयाँ बानेश्वरमा

बिहीबार, ०८ चैत २०७४, १६ : २७
बिहीबार, ०८ चैत २०७४

काठमाडौं–गोल्डस्टारको निर्माता, वितरक, तथा बजार व्यवस्थापक कम्पनी किरण सु म्यानुफ्याक्चरर्सले आफ्नो सातौ सोरुम नयाँ बानेश्वरमा खोलेको छ । 
नेप्का ट्रेडर्स, नयाँबानेश्वर गोल्डस्टार जुत्ताका आधिकारिक फ्रेन्चाइजी सोरुम हो । ग्राहकहरुको सुविधालाई ध्यानमा राखी गोल्डस्टारले पहिले सिभिल मल, जमल, पुरानो बानेश्वर, कालिमाटी, गाबाहल र हेटौडामा सोरुम खोलिसकेको छ । बानेशवरको सोरुम भने सातौ सोरुम हो । निकट भविष्यमा नै कम्पनिले लगनखेल, बिर्तामोड, पोखरा र दाङमासोरुम बिस्तार गर्ने जनाएको छ । 
किरण सु म्यानुफ्याक्चरर्सकी निर्देशक विदुषी राणाले नेपाल अधिराज्यभरका प्रमुख शहर लगायत अन्य सहरउन्मुख क्षेत्रहरुमा ५० भन्दा बढी सोरुम बिस्तार गर्ने लक्ष्य बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप