बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘अन्तर्राष्ट्रिय क्रिकेटमा खतरा मडारिँदै’

बुधबार, २१ असार २०७४, १२ : २४
बुधबार, २१ असार २०७४

लण्डन – पूर्व क्रिकेटर माईक बे्रयरली र ब्राण्डन म्याकलमले अन्तराष्ट्रिय क्रिकेटमा सम्भावित सकंटको चेतावनी दिएका छन् । उनीहरुको भनाई छ, ‘यो खेल चाडैँ नै त्यो स्तरमा पुग्नेछ जहाँ अन्तराष्ट्रिय क्रिकेटले विश्व भरका टी–२० लिगसँग प्रतिष्पर्धा गर्नु पर्नेछ । 


इंग्ल्याण्डका पूर्व कप्तान बे्रयरलीले एमसीसी क्रिकेट समितिको अध्यक्षको रुपमा आफनो अन्तिम बैठकमा भने, ‘जुन देशहरुसँग आफ्ना प्रमुख खेलाडिहरुलाई भुक्तान गर्नुपर्ने रकमको अभाव हुनेछ, ती देशका खेलाडिहरुले आफ्नो देशहरुलाई भन्दा घरेलु टुर्नामेन्टहरुलाई प्राथमिकता दिने छन् । 


बेयरलीका अनुसार यो अन्तर्राष्ट्रिय क्रिकेटका लागि खतराको संकेत हो, केवल टेष्ट क्रिकेट मात्र हैन, एक दिवसिय र टी–२० का लागि पनि । 


समितिमा सामेल न्युजिल्याण्डका पूर्व कप्तान म्याकम पनि यो कुरासँग सहमत छन् । उनी भन्छन्, ‘इङग्ल्याण्डविरुद्धको टेष्ट श्रृंखलामा दक्षिण अफ्रिका क्रिकेट टिममा एबी डि भिलियर्सको अनुपस्थिति टेष्ट क्रिकेटका लागी एउटा अर्को चेतावनी हो ।’ 


‘म टी–२० लिगलाई कुनै पनि तरिकाबाट खतरा भएको मान्दिन तर टेस्ट क्रिकेट महत्वपूर्ण छ र यसको अस्तित्वको सुनिश्चता जरुरी छ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप