शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एसईई परीक्षा अवधिभर लोडसेडिङ नगर्न ऊर्जामन्त्रीको निर्देशन

बिहीबार, ०८ चैत २०७४, १५ : ५६
बिहीबार, ०८ चैत २०७४

काठमाडौं– ऊर्जामन्त्री वर्षमान पुनले  एसईई परीक्षा अवधिभर लोडसेडिङ  नहुने व्यवस्था मिलाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् । 

पुनले बुधबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितका  अधिकारीहरुलाई  एसईई परीक्षाअवधिभर देशभर कहीँपनि  लोडसेडिङ  नहुने व्यवस्था मिलाउन  निर्देशन दिएका हुन् । 

एसईई परीक्षा बुधबारदेखि सुरु भएको छ भने चैत २० गतेसम्म चल्नेछ । 

 एसइई परीक्षामा चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप