शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त

बिहीबार, ०८ चैत २०७४, १५ : १७
बिहीबार, ०८ चैत २०७४

काठमाडौं– कांग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले दिवंग पार्टी नेता विजयकुमार कोइरालाको मृत्युप्रति दुःख व्यक्त गरेका छन् । पूर्व पार्टी सभापति स्व.सुशील कोइरालका भाई विजयकुमार कोइरालाको बिहीबार निधन भएको थियो ।

सभापति देउवाले स्व.कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याउनुभएको योगदानको स्मरण गर्दै उनको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको दाबी गरेका छन् । सभापति देउवाले स्व. कोइरालाको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना समेत व्यत्त गरेका छन् ।

७४ वर्षीय  दिवंगत स्व.कोइराला कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्व. सुशील कोइराला तथा नेपाली कांग्रेस बाँकेका पूर्व सभापति स्व.डा.अरुण कुमार कोइरालाका भाई हुन् ।  नेपाली कांग्रेस बाँकेका नेता समेत रहेकी उनी नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० निवासी हुन् ।  कोइरालाको काठमाडौँको नर्भिक अस्पतालमा उपचारका क्रममा आज विहान निधन भएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप