शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इन्फ्लुएन्जा खोप के हो र किन लगाउन जरुरी छ ?

बिहीबार, ०८ चैत २०७४, १२ : ५०
बिहीबार, ०८ चैत २०७४

 सन्तोष शर्मा

 आजभोलि फ्लु धेरै चलनचल्तीमा आएको एउटा शब्द हो । यसलाई चिसो लागेको, घाँटीमा खटिरा आएको, नाकबाट पानी बगेको वा ज्वरो आएको भन्न सकिन्छ । यद्यपि यदि यसको एच१एन१ छ भने यसलाई बर्डफ्लु अथवा एच३एन२ छ भने स्वाइनफ्लु अथवा कुनै पनि जङ्गली चराद्वारा सङ्क्रमित फ्लु र यसबाट बिरामीहरूले उच्च ज्वरो, अत्यधिक श्वासप्रश्वासको समस्या जस्ता गम्भीर अवस्थाको सामना गर्छन् र जसले मृत्युको मुखसम्म पु-याइदिन्छ । 

एक सर्वेक्षण सन् १९१८ को अवधिमा उच्च ज्वरो तथा एआरटीआईको कारण २ देखि ५ करोड मानिसहरूको अकालमा ज्यान गएको थियो । यसले चिकित्सा जगतमा आतङ्क नै छाएको थियो । त्यसबेला महामारी भएको ठान्दै यसलाई स्पेनिसफ्लुको संज्ञा दिएका थिए । सन् १९५७–६८ ताका यस्तै खालको अर्को सङ्कट आइपरेको थियो तर डाक्टरहरूको पारम्परिक उपचारको व्यवस्थापनले गर्दा मृत्यु दर ५० प्रतिशतले घटेको थियो । 

इन्फ्लुएन्जा खोपको आविष्कारपछि मृत्युदर घट्यो र डब्लुएचओले पनि त्यही खोपलाई निवारकको रूपमा अनिवार्य गर्यो । इन्फ्लुएन्जा खोपले एच१एन१, एच३एन२ र जङ्गली चराचुरुङ्गीहरूका कारण हुने सङ्क्रमणबाट सुरक्षा मात्र नदिई यसले फेटस र गर्भवती आमाहरूलाई एआरटीआई रोगको उपचार पनि गर्छ र समय नपुग्दै हुने जन्मको प्रकरणलाई पनि रोक्छ । यस्तो अवस्थामा चिकित्सकले एक पटक खोप दिनुपर्ने सिफारिस गरिन्छ । 

डब्लुएचओको निष्कर्ष अनुसार, ६ देखि ३५ महिनाको बाल्य अवस्थामा ०.२५ एमएलको इन्फ्लुएन्जा खोप दिनु पर्छ । पहिलो लगाएको ४ हप्ताको अन्तरालमा पुनः ०.२५ एमएलको खोप लगाउनुपर्छ । कहिलेकाहीँ लगातार रुघा खोकी र फ्लु भइरहने बच्चालाई १० वर्षको उमेर हुँदा ०.५ एमएलको विशेष खोप दिने गरिन्छ । 

पुराना प्रतिरोधी फुफ्फुसीय रोगहरू भएका रोगीहरूमा दम भएका रोगीहरूले वर्षमा एक पटक खोप लिनु पर्छ । आजभोलि डब्लुएचओ र सबै चिकित्सकहरूले मुटु रोग भएका, मेटाबोलिज्म बिकार भएका र मिर्गौलासम्बन्धी रोग भएका रोगीहरूलाई पनि १ सट खोप दिने निर्णय गरी व्यवहारमा पनि लागू गरिसकेका छन् ।  

साउथर्न हेमिसफेयर र नर्थन हेमिसफेयर नाम गरिएका इन्फ्लुएन्जा खोपहरू वर्षको दुई पटक उत्पादन गरिन्छ । खोपका योजनाका प्रयासहरू बारे निश्चित गर्न हरेक वर्ष सेप्टेम्बर महिनामा डब्लुएचओले संसारभरका विभिन्न देशबाट वैज्ञानिकहरूलाई जेनेभामा बोलाउने गर्दछ । 

नर्थन हेमिसफेयर खोपमा २ प्रकारका स्ट्रेन प्रयोग गरिन्छ ।

इन्फ्लुएन्जा ए – क्यालिफोर्निया – २००९ – एच१एन१
          ए – हङकङ       – २०१४ – एच३एन२
इन्फ्लुएन्जा बी – ब्रिसवेन २०००

माथि उल्लेख गरिएका खोपहरू त्रिसंयोजक खोपहरू हुन् तर आजकाल चर्तुयुक्त खोपहरू पनि उत्पादन गर्ने गरिन्छ, जसमा चार इन्फ्लुएन्जा बी मध्ये (इन्फ्लुएन्जा बी फुकेट २०१३, बी भिक्टोरिया, बी यामागाटा, टेक्सास)  एक रहेको हुन्छ । 

यस्तै गरी साउथर्न हेमिसफेयर खोपहरू चर्तुयुक्तका लागि तल उल्लेख गरिएका क्षमतामा उत्पादन गरिन्छ ।  
ए – मिचिगन – २०१५ एच१एन१
ए – हङकङ –  २०१४ एच३एन२
बी – ब्रिसबेन – २००८
बी – फुकेट २०१३
उत्पादनकर्ताहरूले डब्लुएचओले निर्णय गरे अनुसारको ए– स्विजरल्यान्ड वा अरू स्ट्रेन प्रयोग गर्न सक्छन् । स्थानीय सरकारी अधिकारीहरूको सहमतिमा खोप उत्पादन गर्ने गरिन्छ, जुन उनीहरूको देशको वातावरण अनुसारको स्ट्रेन हुनुपर्दछ । ज्वरो आएका र अण्डाप्रति संवेदनशील भएका बिरामी र नाजुक अवस्थाका बिरामीलाई फ्लुको खोप नलिन सल्लाह दिइन्छ ।  

संसारमा अहिले २ किसिमको उत्पादन प्रविधिहरू छन् । एउटा विभाजित  प्रविधि हो जुन ७ वर्षदेखि प्रयोग हुँदै आइरहेको छ । तर अहिले सबयुनिट टेक्नोलोजी भनिने नयाँ प्रविधिलाई स्प्लिट खोपको तुलनामा सुरक्षितरुपको फ्लुको खोप भनी जानिन्छ र मांसपेशी दुख्ने, ज्वरो आउने, नाजुक अवस्थावाट गुज्रने जस्ता साइड इफेक्ट पनि थोरै हुन्छ ।

हाल स्वाइनफ्लुका बिरामीमा एच१एन१ देखिएको छ । डा. आर.के. महतो निर्देशक राष्ट्रिय प्रयोगशाला टेकुको भनाइ अनुसार परीक्षण गरिएका १० जना मध्ये २ जना बिरामीहरूमा पोजिटिभ देखिएको छ । टेकुका डा. शेरबहादुर पुनको भनाइ अनुसार हरेक हप्तामा कडा रुघाखोकी लागेका बिरामीहरूको परीक्षण गर्दा दुईवटा अवस्था पाइयो । हालका दिनहरूमा यो महामारी दक्षिण एसियामा ठूलो विपत्तिका रूपमा देखा परिरहेको छ । डब्लुएचओको भनाइ अनुसार भारतमा मात्रै हरेक दिन एउटा बिरामीको मृत्यु हुने गर्दछ । यसका असरहरू मालद्विभ्स र श्रीलङ्कामा पनि देखिएको छ । 

फ्लु खोपका फाइदाहरू 
-    फ्लुको खोपले फ्लु सम्बन्धित रोगबाट बालबालिका तथा वृद्धहरूलाई अस्पताल भर्ना गर्नुपर्ने जोखिमबाट कम गर्छ । 
-    सन् २०१४ मा गरिएको अध्ययन अनुसार २०१० देखि २०१२ सम्मको फ्लु रोग हुने मौसममा फ्लु खोप दिइएको बालबालिकालाई फ्लु सम्बन्धित सरुवा रोगहरूबाट हुने जोखिमका कारण सघन उपचार एकाइमा भर्ना गरिनुपर्ने जोखिममा ७४ प्रतिशतले घटेको तथ्याङ्कमा पाइयो । (फर्डिनान्डस्, २०१३)
-    २०१६ को गृष्ममा प्रकाशित भएको अर्को अध्ययन अनुसार फ्लुको खोप लिएका ५० वा बढी उमेरका मानिसहरूलाई फ्लु रोगका कारण अस्पताल भर्ना गर्नुपर्ने जोखिम ५७ प्रतिशतले घटेको थियो । (ह्याभर्स २०१६) 
-   दीर्घकालीन स्वास्थ्य अवस्थाका मानिसहरूका लागि फ्लुको खोप एउटा महत्वपूर्ण प्रतिरोधात्मक औजार हो । 
-   खोपले मुटुसम्बन्धी रोग लागेका मानिसहरूलाई, खास गरी अघिल्लो वर्ष हृदयघात भइसकेकाहरूलाई आघात पार्ने हृदयघातका घटना घटेको पाइएको छ । (उदेल २०१३, फ्रोमिन्टकुल २०११, सिसजिउस्की २००८)
-    फ्लुका खोपले मधुमेह भएका मानिसहरूलाई अस्पताल भर्ना गर्नुपर्ने जोखिम ७९ प्रतिशत दीर्घकालीन फोक्सोको रोग भएकालाई ५२ प्रतिशतले घटेको पाइएको छ । (कोलक्युहोम १९९७, निकोल १९९९) 
-    खोपले महिलाहरूलाई गर्भवतीका बेला र गर्भवती पछि बचाउन मद्दत गर्छ । खोप लिएका महिलाबाट जन्मेका बच्चाहरू फ्लु हुनबाट बच्छन् । (आमाले गर्भवस्थामा गर्भभित्र बढिरहेका बच्चामा प्रतिरोधात्मक तत्व सार्छिन् ।)   


-    एउटा अध्ययनले गर्भवती महिलामा फ्लुको खोपले पार्ने प्रभावकारिता के देखाएको छ भने खोपले फ्लु सम्बन्धित तीव्र श्वास प्रश्वासको सङ्क्रमणबाट हुने जोखिम आधाले घटाउँछ । (थमसन २०१३)
-   अर्को अध्ययनले के देखाएको छ भने गर्भवती अवस्थामा खोप लिएका महिलाबाट जन्मेका शिशुहरू भन्दा गर्भवती अवस्थामा खोप नलिएका महिलाहरूबाट जन्मिएका शिशुहरू १ तिहाई रूपमा फ्लुबाट बिरामी पर्दछन् ।
-    यो सुरक्षात्मक लाभको निरीक्षण जन्मेको ४ महिनासम्म गरिएको थियो । 
-    फ्लुको खोपले बिरामी भएको बेला पनि बिमारीलाई सहज बनाइदिन्छ ।
-    यदि तपाईंले खोप लिनुभएको छ भने गम्भीर किसिमका फ्लु रोगबाट कमजोर हुने मानिसहरू जस्तो, नवजात शिशु, केटाकेटी, वृद्ध र केही दीर्घकालीन रोगीलगायत तपाईं वरिपरिका मानिसलाई बचाउँछ । 
यो एउटा फ्लुका लागि सानो सुराग मात्र हो । सबै मानिसहरूले उल्लेखित महामारी रोक्न डोज र फ्लुको खोप लिन सजग हुनुपर्छ । साना केटाकेटीहरू, गर्भवती महिलाहरू, दीर्घकालीन रोगीहरू, वृद्धहरूले हरेक वर्ष एक पटक खोप लिनु पर्दछ । 

पुल्चोक, ललितपुर 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप