शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण भारत

बिहीबार, ०८ चैत २०७४, १२ : ०६
बिहीबार, ०८ चैत २०७४

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पहिलो विदेश भ्रमण भारतलाई बनाउने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री ओली अगामी तेस्रो साता भारत भ्रमणमा जान लागेका हुन् । 
श्रोतका अनुसार ओलीले चैत २३ देखि २५ सम्म तीन दिने भारत भ्रमण गर्न लागेपनि परराष्ट्र मन्त्राललये प्रधानमन्त्री ओलीको भ्रमणको आधिकारिक मिति सार्वजनिक गरिसकेको छैन ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले प्रधानमन्त्रीले भारत भ्रमण गर्ने निश्चित भएपनि त्यसवारे छलफल भइरहेको बताए । 
ओली प्रधानमन्त्री भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पटक–पटक भारत भ्रमणको निम्ता दिएका थिए । 
त्यस्तै बाम गठबन्धन निर्वाचनमा विजयी भएसँगै भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौ नै आएर त्यसवेला भावी प्रधानमन्त्रीका रुपमा हेरिएका ओलीलाई भारत भ्रमणको निम्तो दिएकी थिइन् । 
ओलीलेले दोस्रो पटक मन्त्रिमण्डल विस्तार गरेलगत्तै दुई जना मन्त्री भारत भ्रमणमा गएका थिए । 
अर्थमन्त्री युवराज खतिवडा र उद्योग वाणिज्य मन्त्री मात्रिका प्रधानमन्त्री ओलीको भारत भ्रमणको वातावरण बनाउन भारत गएको बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप