बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अंग्रेजी भाषामा  कमजोर हुनुहुन्छ ?   ‘न्यू इङलिस सेन्टर’ सञ्चालनको तयारी

बिहीबार, ०८ चैत २०७४, ११ : ४४
बिहीबार, ०८ चैत २०७४

काठमाडौं– ‘न्यू इङलिस सेन्टर’ संचालनमा ल्याउने तयारी गरिएको  छ ।  बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै ‘न्यू इङलिस सेन्टर’ अन्तर्गतको एनएलआईसीसी संचालनको अन्तिम तयारीमा पुगिएको जानकारी दिइयो । 
सेन्टरमा अंग्रेजी भाषामा कमजोर व्यक्तिहरुले  अध्ययन गर्न सक्नेछन् ।
पत्रकार सम्मेलनमा न्यू इङलिस सेन्टरकी  सञ्चालिका श्रृष्टि मदन कार्कीले विशेषतः यूरोपियन देशमा जाने व्यक्तिहरुमा अंग्रेजी भाषाको समस्या हुने हुँदा त्यस्ता व्यक्तिहरुलाई लक्षित गरेर भाषा कक्षा सञ्चालनमा ल्याइने बताइन् । 
यस्तै अर्का संचालक सुनिल आचार्यले अंग्रेजीमा कमजोर भएकाहरुलाई सिकाउने उद्देश्यले  सेन्टर संचालनमा ल्याएको बताए । 
हाल अध्ययनमा लाग्ने खर्चको बारेमा भने जानकारी गराईएको छैन । चीन अष्ट्रेलियामा पनि यो कोर्ष संचालन भईरहेको र हाल नेपालमा पनि संचालन गर्ने तयारीमा लागिएको बताइएको छ । 
न्यू इङलिसको कार्यालय मार्च २४ बाट नेपालमा संचालनमा ल्याइने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप