शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उपेन्द्र र सलोनीले चुमे कान्तिपुर आइडलको उपाधि

बिहीबार, ०८ चैत २०७४, १० : ४९
बिहीबार, ०८ चैत २०७४

काठमाडौं – कान्तिपुर आइडलको उपाधि उपेन्द्र सहयात्री राई र सलोनी मल्लले जितेका छन् । सनराज इन्टर टेन्ट्मेन्ट प्रा.लि.को आयोजनामा सम्पन्न कान्तिपुर आइडल खुल्ला गायन तथा नृत्य प्रतियोगीताको शिर्ष उपाधि उनीहरुले जितेका हुन् । 
गायन तर्फ फर्स्ट रनरअप समिर खरेल र सेकेन्ड रनरअप अभिषेक पोख्रेल बन्दा नृत्य तर्फ फस्ट रनरअप आर्या सुबेदी र सेकेन्ड रनरअप गणेश श्रेष्ठ भए ।
जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा गायन तर्फ निर्णायकमा राज सिग्देल र राजेन्द्र कमल राई रहेका थिए । सन्तोष शर्मा र राजन कार्की आयोजक रहेको कार्यक्रममा विजेतालाई विभिन्न उपाहारका साथै गिफ्ट ह्यापर प्रदान गरियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप