शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

देवको ६५ लाख बढी कित्ता हकप्रद चैत २६ गतेदेखि बिक्री खुला

बिहीबार, ०८ चैत २०७४, १० : १९
बिहीबार, ०८ चैत २०७४

काठमाडौँ । देवः विकास बैंकले ६५ लाख ३३ हजार कित्ता हकप्रद सेयर चैत २६ गतेदेखि निष्काशन गर्ने भएको छ । बैंकले १०ः४ को अनुपातमा अर्थात १० सेयर बराबर थप ४ सेयरका दरले ६५ लाख ३३ हजार १०८.५९ कित्ता  हकप्रद सेयर यहि निष्काशन गर्ने भएको हो ।  यस सेयरका लागि बैशाख ३० गतेसम्म आवेदन दिन सकिने बिक्रि प्रबन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ ।   

हाल देवः विकास बैंकको १ अर्ब ६३ करोड ३२ लाख रुपैयाँ चुक्ता पुँजी छ । यो हकप्रद सेयर बिक्रि पछि बैंकको चुक्ता पुँजी  २ अर्ब २८ करोड ६५ लाख रुपैयाँ पुग्नेछ ।

राष्ट्र बैंकले राष्ट्रियस्तरको विकास बैंकलाई न्युनतम चुक्ता पुँजी २ अर्ब ५० करोड पुर्याउन यस  अघि नै निर्देशन दिइसकेको छ ।

 प्रतिकित्ता १०० रुपैयाँका दरले सेयरमा आवेदन दिन सकिनेछ । बैंकले चुक्तापुँजी बृद्धिकै लागि हकप्रद सेयर निष्काशन गरेको जनाएको छ । पुँजी बृद्धिकै लागि देवले साहारा विकास बैंकलाई पनि एक्वाएर गर्ने प्रक्रियामा छ ।  

बिक्रि प्रबन्धक एनआइविएल एस र यसका शाखा कार्यालयहरु लालदरबार, लगनखेल, ललितपुर तथा चिप्लेढुङ्गा पोखरामा  हकप्रद सेयरका लागि आवेदन भर्न र बुझाउन सकिनेछ ।

यस्तै देव विकास बैंकको शाखा कार्यालय र  सि–आस्वामा सहभागी बैंक तथा वित्तिय सँस्था मार्फत पनि आवेदन भर्न र बुझाउन  सकिनेछ ।  

बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ २३ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ७९ पैसा छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप