मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

फलामे ढोका पार गर्ने आशा : परीक्षामा ५ लाख विद्यार्थी (फोटोफिचर)

बिहीबार, ०८ चैत २०७४, ०९ : ४२
बिहीबार, ०८ चैत २०७४

काठमाडौं - आजबाट देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएकाे छ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा ७७ वटै जिल्लाका एक हजार ९ सय ५६ केन्द्रमा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी छन् ।

जसमा नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ विद्यार्थी  छन् ।

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार प्रदेश १ बाट ८४ हजार २ सय ९०, प्रदेश २ बाट ७० हजार ४ सय २ र ३ बाट सबैभन्दा बढी १ लाख ८२ हजार विद्यार्थीले परीक्षा दिँदैछन् ।

प्रदेश ४ बाट ४८ हजार ९ सय ५४, प्रदेश ५ बाट ७९ हजार, कर्णाली प्रदेशबाट ३८ हजार र प्रदेश ७ बाट ५५ हजार विद्यार्थीले परीक्षा दिँदै छन् ।

परीक्षा बिहान ८ बजेबाट सुरु भएको छ । यसवर्ष ९ हजार ९ सय ८८ विद्यालयका विद्यार्थीेले परीक्षा दिनेछन् ।

शिक्षा ऐन २०२८ को दफा १७ अनुसार परीक्षामा दख्खल पुग्ने काम जो कोहीले गरेमा एक लाख रुपैयाँ जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।

परीक्षाको अनुगमन गर्न केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहसम्म विभिन्न संयन्त्र बनाइएको छ । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले कुनै पनि मनोवैज्ञानिक त्रास नपाली परीक्षामा सहभागी हुन अपिल गरे ।

१० वर्षपछि नयाँ पाठ्यक्रमअनुसारको परीक्षा हुन लागेको हो । यसपालिबाट अनिवार्य विषयतर्फ गणितबाहेक सबैमा प्रयोगात्मक परीक्षा हुने व्यवस्था गरिएको छ । परीक्षार्थीले ग्रेड पद्धतिमा नम्बर पाउनेछन् ।

साधारणतर्फको परीक्षा १७ गतेसम्म र प्राविधिकतर्फको चैत २० गतेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।

 


आगामी वर्षदेखि प्रदेशस्तरमा एसईई परीक्षा सञ्चालन गर्ने तयारी पनि सुरु भएको छ । एसईई उत्तीर्ण हुने विद्यार्थीले कक्षा ११ मा नयाँ पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक पढ्न पाउनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप