बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अग्निपीडितलाई राहात उपलब्ध गराइने

बिहीबार, ०८ चैत २०७४, ०९ : ४३
बिहीबार, ०८ चैत २०७४

इनरुवा - सुनसरीको बराह नगरपालिका–११ का अग्निपीडितलाई सांसद तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राहतस्वरुपरु २५ लाख बराबरको सहयोग उपलब्ध गराउने जानकारी दिएका छन् । 

पीडित परिवारको आवश्यकताका आधारमा जिल्ला दैवी प्रकोप उद्धार समितिको निर्णयपश्चात् सो रकम उपलब्ध गराउने बताए । 

आगलागी क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएका कार्कीले राहत वितरण जारी रहे पनि प्रभावकारी नदेखिएकाले व्यवस्थित र उचित राहतका लागि सरकारसँग माग गर्ने जानकारी दिंदै पीडित परिवारका लागि भाँडाकुँडासहित चामल वितरण गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप