शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पशु विज्ञान अध्ययन संस्थान स्थापना गर्न माग

बिहीबार, ०८ चैत २०७४, ०९ : ०१
बिहीबार, ०८ चैत २०७४

सुर्खेत - कर्णाली प्रदेशका पशु प्राविधिकहरुले प्रदेशस्तरीय कृषि तथा पशु विज्ञान अध्ययन संस्थान स्थापना गर्न माग गरेका छन् । 

नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एशोसिएसनको कर्णाली प्रदेशस्तरीय भेलामा सहभागी पशु प्राविधिकले कर्णाली प्रदेशका जिल्लामा उपयुक्त पशु बालीको अनुसन्धानमूलक कार्यको थालनी गर्नका लागि अध्ययन संस्थान स्थापना गर्न माग गरेका हुन् । 

भेलामा सहभागी प्राविधिकहरुले कर्णाली प्रदेशअन्तर्गतका १० वटै जिल्लामा पशु उपचार सेवामा संलग्न पशु प्राविधिकलाई कानूनी समस्या भएको भन्दै त्यसको व्यवस्थापन तथा हकहित संरक्षणका लागि एक परिषद् गठन पनि सरकारसँग माग गरेका छन् । 

भेलामा प्राविधिकहरुले हाल कार्यरत रहेको एक गाउँ एक प्राविधिकलाई निरन्तरता दिँदै प्रत्येक वडामा एक कृषितर्फको र एक पशु सेवातर्फको प्राविधिकको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । संघीयताको कार्यान्वयन भएसँगै पुरानो दरबन्दीले काम नगर्ने भन्दै उनीहरूले तत्कालै सबै स्थानीय तहका पशु सेवा प्राविधिकको व्यवस्था तथा काममा संलग्न प्राविधिकहरुको क्षमता अभिवृद्धिका लागि कार्यक्रम सञ्चालन गर्नुपर्नेमा माग गरेको नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एशोसिएसनको कर्णाली प्रदेश संयोजक रुपसिंह राईले बताए । 

उहाँका अनुसार भेलामा कर्णाली प्रदेशका पशु प्राविधिकले पशुपालन व्यवसायका लागि उन्नत घाँस बीउ, बोका, साढे, राँगोलगायत व्यवस्थापन सरकारले नै गर्नुपर्ने, कृषि तथा पशु सेवाका लागि स्थानीय तहमा गएको बजेट अन्यत्रै खर्च भएकाले सो बजेट सम्बन्धित क्षेत्रमै लगानी गर्नुपर्ने, दर्ता नगरिएका पशु औषधि व्यवसायलाई अविलम्ब कानूनी दायरामा ल्याउनुपर्नेलगायतका विषयमा जोड दिइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप