शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मलेसिया पुगेका खोटाङका वमप्रसाद दुई हप्तामै रित्तो हात घर फर्किए !

बिहीबार, ०८ चैत २०७४, ०८ : ५७
बिहीबार, ०८ चैत २०७४

खोटाङ - धन कमाउने सपना बोकेर मलेसिया पुग्नुभएका खोटाङका एक युवालाई दुई हप्ता नबित्दै स्वदेश फर्काइएको छ । 

मलेसिया पुगेको छ दिनमै बेपत्ता बनाइनुभएका ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका बमप्रसाद राईलाई बन्धक बनाएर राखिएको ठाउँबाट उद्धार गरेर गएराति नेपाल फर्काइएको हो । 

रोजगारीका सिलसिलामा काठमाडौँको सनलाइट ह्युमन रिसोर्स प्रालिबाट गत फागुन २३ गते मलेसिया पुग्नुभएका उनी फागुन २७ गते बसेकै ठाउँबाट बेपत्ता भएका थिए । मलेसियाको व्याङ्गुनान एसआरआई लयाङ जलन थाम्बी बब्दुल्लाह ब्रिकफिल्डस् ५०४७० क्वालालम्पुर कम्पनीमा सुरक्षा गार्डका रुपमा गएका राईलाई बेवारिसे अवस्थामा उद्धार गरेर स्वदेश फर्काइएको छिमेकी माओदीप थुलुङले बताए । 

बेलुकाको खाना खाएपछि सुत्न गएको र राति नै सम्पर्कविहीन बन्नुभएका उहाँलाई १६ घण्टापछि फेला पारिएको थियो । आफन्तले ‘हाम्रो जलेश्वरी, ऐसेलुखर्क गाउँपालिका वडा नं ४ खोटाङ’ नामक फेसबुक पेजबाट सूचना प्रकाशन गरेर सम्पर्कविहीन बन्नुभएको उहाँको खोजी तीव्र पारेका थिए । 

खोजीकै क्रममा नाम बताए पनि कम्पनीको नाम र ठेगाना बताउन नसक्ने अवस्थामा बातुकेभ भन्ने स्थानमा मलेसियामै कार्यरत नरेश ओलीले भेटेर राईको तस्वीर फागुन २८ गते फेसबुकमा अपलोड गरेपछि उहाँलाई भेटाउन सहज भएको थियो । मलेसियास्थित नेपाली दूतावासमा समेत सूचना पुगेपछि दूतावासले खोजेर सुरक्षित राखेको उहाँलाई जलेश्वरीकै दुखीप्रसादले बुझेर नेपाल फर्काएका थिए । 

राईले मेनपावरलाई रु ९० हजार बुझाए पनि मेनपावरले भने रु २० हजारको मात्र भर्पाइ गरिदिएको पाइएको आफन्तले बताएका छन् । मेनपावर कम्पनीलाई उनले तिरेजति रकमको भर्पाइ नभएपछि बाँकी रकम पाउन समस्या भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप