चन्द्रागिरी नजान आफ्ना नागरिकलाई अमेरिकी दूतावासको अलर्ट
काठमाडौं - नेपालस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई चन्द्रागिरि केबुलकारसहित काठमाडैं वरपर घुमफिरमा नजान भ्रामक ‘ट्राभल्स एड्भाइजरी’ जारी गरेको छ ।
कुनै कम्पनी विशेषलाई मात्रै जोडेर अमेरिकी दूतावासले पहिलो पटक जारी गरेको यस्तो एड्भाइजरीप्रति नेपालको पर्यटन क्षेत्रले आपत्ति जाएको छ ।
माओवादी युद्धमा समेत यस्तोखाले एड्भाइजरी जारी नभएको जानकारहरु बताउँछन् । आजको कारोबारको पहिलो पृष्ठमा यो खबर छापिएको छ ।
दूतावासले गत शुक्रबार एड्भाइजरी जारी गर्दै उक्त क्षेत्रमा भ्रमणमा नजान आग्रह गरेको थियो । दूताबासले उक्त क्षेत्रमा स्थानीय समूहले धम्की तथा त्रास फैलाएको भन्दै आफ्ना नागरिकका लागि सुरक्षा एलर्ट जारी गरेको हो । दूतावासले निकालेको उत्तः अर्लटमा मार्च महिनाभर उक्त क्षेत्रमा नजान आग्रह गरिएको छ ।
सरकारले पनि अमेरिकी दूतावासको दाबी भ्रामक रहेको भन्दै खण्डन गरेको छ। नेपालमा पछिल्लो समय कुनै क्षेत्रमा अमेरिकी दूतावसले भनेजस्तो सुरक्षाको खतरा नभएको संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्नीमाथि जाँच सुरु भएपछि स्पेनका प्रधानमन्त्रीले सार्वजनिक काम रोके
-
२५ औँ मनमोहन स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदै
-
अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराएको खुलासा
-
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
-
विश्वभर किन बढ्दै छन् प्रोस्टेट क्यान्सरका बिरामी ?
-
इटालीका राष्ट्रपति माटारेलासमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत