शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

बिहीबार, ०८ चैत २०७४, ०५ : ५६
बिहीबार, ०८ चैत २०७४

आजको राशिफल
बि.स.२०७४ चैत्र ०८ गते । बिहिबार । ईश्वी सन् २०१८ मार्च २२ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । चैत्र शुक्लपक्ष । तिथि पञ्चमी १९ घडी ५८ पला,दिउसो २ बजेर ८ मिनेट उप्रान्त षष्ठि । नक्षत्र कृतिका,३० घडी ४६ पला,बेलुकी ६ बजेर २७ मिनेट उप्रान्त रोहिणी । योग विष्कुम्भ १३ घडि ३० पला,बिहान ११ बजेर ३२ मिनेट उप्रान्त प्रिती । करण वालव,दिउसो २ बजेर ८ मिनेट उप्रान्त कौलव,रातको १ बजेर ९ मिनेट उप्रान्त तैतिल । 

आनन्दादिमा लुम्ब योग । चन्द्रराशि बृष । जलदिवस।
काठमाडौंमा सूर्योदय ६ बजेर ८ मिनेट,सूर्यास्त बेलुका ६ बजेर १५ मिनेट । दिनमान ३० घडी १८ पला । 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बोलिको प्रभाब बढ्ने हुनाले महत्वपुर्ण निर्णयहरु आजको दिन गर्नु उपयुक्त हुँनेछ । पारिवारिक जमघटमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । पति पत्नि तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । कुटुम्बबाट तपाईले गरेको काममा सहयोग प्राप्त हुँनेछ । पढाई लेखाईमा सफलता हात लाग्ने योग रहेकोछ । व्यापार व्याव्वसायबाट प्रशस्त नाँफा कमाउँन सकिनेछ ।

शुभ अंक —५

शुभ रंग — कफि

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) शुभचिन्तकको सहयोगले चिताएको कामरु सम्पादन हुँनेछ । पढाई लेखाईमा मन जाने हुँनाले चाहेजस्तो नतिजा ल्याउँन सकिनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुले जनताको पक्षमा काम गर्न सक्दा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले आर्थिक स्थिति सुदृड हुँनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने बिलाशि बस्तुको प्रयोग मार्फन अरुको मन आफुतिर तान्न सकिनेछ ।

शुभ अंक — ३

शुभ रंग —  सेतो

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) काम गर्दा बिशेष शावधानि अपनाउँनुहोला समयमा नसकिने हुँदा मान सम्मानमा कमि हुँनेछ । बाहिरि वाताबरण तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ । व्यापार व्यावसायमा मन्दि आउँनेछ भने बिदेशि लगानिबाट सञ्चालित उद्योग तथा व्यावसाय फस्टाएरु जानेछ । कर्म प्राप्तिको लागि लामो दुरिको यात्रा हुँने अधिक सम्भावना रहेकोछ । पढाई लेखाईमा मन नजाने हुँनाले अरुभन्दा पछि परिनेछ ।

शुभ अंक —३

शुभ रंग — हरियो

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सरकारि तथा पैत्रिक धन सम्पति हात लागि हुँने सम्भावना रहेको छ भने व्यापार व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । पढाई लेखाईमा सुधार हुँने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुँने समय रहेको छ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुँने हँनाले दैनिकी सहज मार्गमा अगाडि बढ्नेछ । सवारि साधन तथा अन्य सम्पतिहरु लाभ हुँने योग रहेकोछ । 

शुभ अंक — ५

शुभ रंग — सेतो

 

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) मान सम्मान तथा ईज्जत प्रतिश्ठामा दाग लाग्न सक्छ काम गर्दा ख्याल गर्नुहोला । सरकारि सेवामा झन्झटिला प्रक्रिया अबलम्बन गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । राज्जबाट गलत आक्षेपहरु लाग्न सक्छ । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछाडि परिनेछ । ब्यापार ब्याबसायमा नाफा कमाउन निकैनै समय दिनु पर्नेछ । बिहानको समय उत्तम रहेकोले अध्ययन तथा अध्यापनमा सफलता प्राप्त गर्न सकिनेछ भने धार्मिक स्थल तथा लामो दुरिको यात्राको तय हुँनेछ ।

शुभ अंक — ६

शुभ रंग —  रातो

 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) सरकारि तथा प्रशासनिक क्षेत्रमा तपाईको बलियो पकड रहने हुँनाले कामहरु सजिलै सम्पादन हुँनेछन् । राज्यबाट पाउँने सेवा सुबिधा पाईनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरि प्रसाद तथा टिका ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । खोज तथा अनुशन्धानको क्षेत्र बलियो रहने हुँदा मन प्रशन्न रहनेछ ।

शुभ अंक — ६

शुभ रंग  — हरियो

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार ब्याबसायमा आजको दिन लगानि नगर्नुनै राम्रो हुँनेछ । बैक तथा बित्तिय सस्थामा गरिएको लगानि बाट सन्तोषजनक नाँफा हुँनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । बिद्यामा सफलता पाउँन मेहनेत गर्नुपर्ला । दिदि बहिनि बाट सहयोगको आश्वासन मात्र प्राप्त हुँनेछ । भौतिक सम्पति तथा रुपैया पैसा हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । भ्रष्टचार सम्बन्धि मुद्धा मामिला आई लाग्न सक्छ काम गर्दा ध्यान दिनु जरुरि देखिन्छ ।

शुभ अंक — ७

शुभ रंग —  सेतो

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) माया प्रेममा अबिश्वास बढ्नेछ भने पति पत्निबिच मनमुटाव सिर्जना हुँनेछ । व्यापार व्यावसाय आम्दानि थोरै हुँनेछ भने आज लगानि नगर्नुनै राम्रो हुँनेछ । शुभचिन्तकको पनि साथ नहुँने हुँदा एक्लो पनको महशुष हुँनेछ । पहिलेका सम्झौता भङग हुँनेछ भने साझेदारहरु बिच भनाभन हुँने प्रशस्त सम्भावना रहेकोछ । पढाई लेखाईमा अल्छि गर्नाले नतिजा भनेजस्तो आउँने छैन । बिलाशि सामान प्राप्तिको योग भएपनि तपाई आफ्नै कारणले टरेर जानेछ ।

शुभ अंक — ४

शुभ रंग  — रातो

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) न्यायिक निर्णयहरु तपाईको पक्षमा हुँनेछैनन् भने वादबिवाद तथा प्रतिश्पर्धामा भाग लिए हारिने सम्भावना रहेको छ । पुराना समस्याहरु बल्झन सक्छ ध्यान दिनुहोला । अध्ययान अध्यापनमा ध्यान नजादा अरुभन्दा पछि परिनेछ । मामा तथा मावलि पक्षसँग बिवाद बढ्ने योग रहेको छ । व्यापारमा अरुदिन भन्दा बढिनै समय लगानि गर्नु पर्ने हुनसक्छ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउनेछ । 

शुभ  अंक — ३

शुभ रंग —  निलो

 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) प्रयन्न गर्दा बिभिन्न अवसरहरु प्राप्त हनेछ भने व्यापार व्यावसायमा लगानि गरि मनग्ने आम्दानि गर्न सकिनेछ । स्कुल कलेज,बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो लाभ लिन सकिनेछ । शेयर बजार तथा सट्टाको व्यावसायमा बिशेष लाभ लिन सकिनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्नाले सम्बन्ध सुदृड हुनेछ । भौतिक सम्पति तथा बिलाशि बस्तुको उपयोग मार्फत मनग्ने धन संग्रह गर्न सकिनेछ ।

शुभ अंक —६

शुभ रंग — खरानि

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) राजनितिमा जनताको काम गर्न हर कोषिश गर्दा गर्दै नसकिने हुँदा आलोचनाको शिकार हुँने योग रहेकोछ । सामाजिक मान सम्मानमा आघाात पुग्ने योग रहेकोछ । घर परिवारबाट टाडा हुँनुपर्दा नरमाईलो लाग्नेछ । पढाई लेखाईमा मन पटक्के नजादा वा घर बस्न मन नलाग्दा अरु भन्दा पछि परिनेछ । आमा वा घर परिवारका आफुले मान्नु पर्ने मानिसहरुको सल्लाह तथा सुझाबलाई शिरोधार्य गर्दै अगाडि बढ्नुहोला । प्रेममा घटपट हुँने योग रहेकोछ ।

शुभ अंक — ३

शुभ रंग — निलो

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) दाजुभाई तथा छिमेकि सँग मनमुटाब बड्नेछ । बादबिवाद तथा मुद्दा मामिलामा सहभागि नहुनुहोला नकरात्मक नतिजा आउँनेछ । सकसपुर्ण तथा झन्झटिलो यात्रा हुँनेछ । व्यापार व्यावसायमा सन्तोष जनक प्रगति हुँनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउने हुदा काम गर्न असजिलो महशुष हुँनेछ । बिद्यामा सफलता पाउँन कडा मेहनेत गर्नु पर्नेछ ।

शुभ अंक — ४

शुभ रंग — निलो

 

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप