शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शिक्षा मन्त्रीलाई अखिल क्रान्तिकारीको ३३ बुँदे माग

बुधबार, ०७ चैत २०७४, २० : ५२
बुधबार, ०७ चैत २०७४

काठमाडौं -नेकपा क्रान्तिकारी माओवादी  निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारीले सरकारलाई ३३ बुँदे मागपत्र बुझाएको छ । 

शिक्षामा आमूल सुधारको माग गर्दै क्रान्तिकारीले बुधबार  शिक्षामन्त्री गिरीराजमणी पोख्रेललाई माग पत्र बुझाएको हो । 

मागपत्रमा सार्वजनिक पदको लाभ लिएकाहरुले सरकारी शिक्षण संस्थामा आफन्ना सन्ततीलाई अध्यापन गराउनु पर्ने लगतयतका मुख्य माग रहेका छन् । 

क्रान्तिकारीले शिक्षामा निजीकरणको नाममा व्यापारीकरण तथा दलालीकरणको भएको भन्दै आमूल सुधारको लागि आफूहरुले माग पेश गरेको क्रान्तिकारीका अध्यक्ष सेवन्तराज भण्डारीले बताएका छन् । 

क्रान्तिकारीले विद्यालयमा तहमा विदेशी पाठ्यक्रम बन्दको साथै भारतीय बोर्ड तथा अन्य बोर्डबाट लिएको सम्बन्धन खारेजी, निजीकरणका शैक्षिक संस्थालाई राष्ट्रियकरण गरिनुपर्ने,कक्षा १२ सम्मको शिक्षालाई व्यवहारिकरुपमा अनिवार्य निशुल्क बनाइनुपर्ने, सरकारी विद्यालयको भौतिक तथा जनशक्तिको उचित व्यवस्थापन,शिक्षामा भईरहेको द्धैध व्यवस्थाको अन्त्य लगायतका माग गरिएको छ ।

 साथै क्रान्तिकारीले उठाएका जायज मागहरु पुरा नभए कडा संघर्षसमेत चेतावनी दिइएको छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप