बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चर्को शुल्क रोक्न शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाइयो

बुधबार, ०७ चैत २०७४, १९ : ४८
बुधबार, ०७ चैत २०७४

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई आज नेकपा क्रान्तिकारी–माओवादी निकट अनेरास्ववियूले शिक्षामा देखिएका विकृति हटाउन माग राख्दै ज्ञापनपत्र बुझाएका छन् । 
मन्त्री पोखरेललाई ३३ बुँदे ज्ञापनपत्र बुझाउँदै क्रान्तिकारीका अध्यक्ष सेवन्तराज भण्डारीले निजी शैक्षिक संस्थाले मनपरी ढंगबाट लिँदै आएको शुल्क तत्काल रोक्नुपर्ने माग गरे ।

 समानता, सर्वसुलभ र वैज्ञानिक शुल्क कायम गर्ने चर्को शुल्क र असान्र्दभिकता शीर्षकमा लिइने शुल्क नियन्त्रण गर्न पनि माग गरिएको छ ।  मन्त्री पोखरेलले मागबारे आफू सकारात्मक रहेको विश्वास व्यक्त गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप