शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अनुदानमा आएको विकृति अन्त्य गर्छुः मन्त्री केसी

बुधबार, ०७ चैत २०७४, १९ : ४४
बुधबार, ०७ चैत २०७४

सुर्खेत– भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले अनुदानमा देखिएको विकृति अन्त्य गर्ने बताएकी छन् । सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री केसीले उक्त कुरा बताएकी हुन् ।

 कार्यक्रममा बोल्दै मन्त्री केसीले अनुदान खास किसानले नपाएको भन्दै अब वास्तविक र साना किसान सम्म पुर्याउने प्रतिवद्धता गरिन् । ‘अहिले कृषि र पशुमा जाने अनुदान वास्तविक किसानले पाउन सकेका छैनन् ।’ उनले भनिन्, ‘नेताका आफन्त, जो ठुलो जो पहुँचमा छ उसैले मात्र पाएको छ अव त्यसको अन्त्य गर्छु ।’  

खास किसानलाई जाने अनुदान सदुपयोग नभएर दुरुपयोग भएको बताईन् । अहिले पहुँचमा भएकाहरुले कागजी समूह सहकारी बनाएर अनुदान लिइरहेको उनको भनाई छ ।  त्यस्तै, अब प्रत्येक वडामा कृषित र्फ १ र पशु तर्फ १ गरी २ प्राविधिक राखिने पनि बताईन् । अहिले तत्काल तलव दिएर संभव नभए पनि केहि समय पछि राख्न सकिने बताईन् । काम गर्ने कर्मचारीले केहि समय स्वयम् सेवक भएर काम गर्नुपर्ने भन्दै १ वडा २ प्राविधिक राख्न सम्भव हुने बताईन् । 

गाउँमा जाने किसानको गोठमा पुग्ने काम गर्ने प्राविधिक हुनु पर्ने उनको भनाई छ । काम सफल बनाउने प्राविधिकलाई पुरस्कारको व्यवस्था समेत गर्न सकिने उनले बताईन् ।  अव प्रदेशको प्रत्येक पालिकामा १÷१ कृषिजन्य उद्योग सञ्चालन गर्न सकिने बताईन् । उद्योग सञ्चालन गर्न आधारहरु तयार गर्नुपर्ने बताईन् । कृषि क्षेत्रमा आधुनिकीकरण र बजारीकरण गर्नुपर्ने बताईन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप