शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नगर प्रमुखलाई ज्यान मार्ने धम्की दिने २ जना पक्राउ

बुधबार, ०७ चैत २०७४, १९ : १९
बुधबार, ०७ चैत २०७४

रौतहट– नगर प्रमुखलाई ज्यान मार्ने धम्की दिने दुई जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । रौतहटको वृन्दावन नगरपालिकाका नगर प्रमुख रामस्नेही राय यादवलाई फोन गरेर ज्यान मार्ने धम्की दिने दुईजना अभियुक्तलाई रौतहट प्रहरीले पक्राउ गरेको हो ।

नगर प्रमुख यादवको मोबाईल फोनमा पटक–पटक फोन गरेर फिरौतीको १० लाख रुपैयाँ माग्ने र पैसा नदिएको खण्डमा ज्यान मार्ने धम्की दिने रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ६ का महम्द शमसाय आलम र राजपुर नगरपालिका वडा नम्बर ९ हजमीनियाका जुलफिकार शेखलाई केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जको सहयोगमा रौतहट प्रहरीले ललितपुर महानगरपालिका वडा नम्बर ८ बालकुमारी बाट पक्राउ गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप